१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज १२ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ असोज १२ सोमबार o५:१५:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अत्तरिया–धनगढी औद्योगिक करिडोर गुरुयोजना बनाइँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ असोज १२ सोमबार o५:१५:oo

सरकारले अत्तरिया–धनगढी औद्योगिक करिडोर विकासको गुरुयोजना तयार गर्ने भएको छ । करिडोरको पूर्वाधार विकास तथा व्यवस्थापन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने प्रक्रिया अघि बढाएको हो ।

सुदूरपश्चिममा व्यवस्थित र सुविधासम्पन्न औद्योगिक करिडोर निर्माण गर्ने सोचका साथ गुरुयोजना तयार गर्ने प्रक्रिया अघि बढाइएको मन्त्रालयको औद्योगिक पूर्वाधार तथा वातावरण महाशाखा प्रमुख बलराम रिज्यालले बताए । मन्त्रालयले बिहीबार सूचना जारी गर्दै करिडोरको डिपिआरका लागि आशयपत्र माग गरेको छ । ‘अत्तरिया–धनगढी औद्योगिक करिडोरको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने प्रयोजनका लागि आशयपत्र माग गरिन्छ,’ मन्त्रालयले सूचनामा उल्लेख गरेको छ, ‘यसको मुख्य उद्देश्य भनेको औद्योगिक करिडोरमा पूर्वाधार निर्माणको गुरुयोजना तयार पार्नु पनि हो ।’

सरकारले औद्योगिक करिडोरको प्रवद्र्धन गर्ने नीति लिए पनि त्यसको कार्यान्वयन भने हुुन सकेको छैन । निजी क्षेत्रबाट विकास भएका ठूला औद्योगिक करिडोरहरू मोरङ–सुनसरी, बारा–पर्सा, बुटवल–भैरहवा, कोहलपुर–नेपालगन्ज, धनगढी–अत्तरियालगायतमा पूर्वाधार निर्माण गरी प्रवद्र्धन गर्ने सरकारी नीति छ । तर, सरकारले करिडोर विकासको योजनाबद्ध काम भने हालसम्म गरेको छैन । ‘अत्तरिया–धनगढी औद्योगिक करिडोर विकासको क्रममा छ, यस क्षेत्रमा उद्योगहरू खुल्नेक्रममै छन्,’ उनले भने, ‘मोरङ–सुनसरी र बारा–पर्साजस्तो स्वतः विकास भएका करिडोर हुन्, त्यसभन्दा फरक अत्तरिया–धनगढीलाई योजनाबद्ध रूपमा विकास गर्ने मन्त्रालयको सोच हो ।’

मन्त्रालयले चालू आर्थिक वर्षभित्रै करिडोरको डिपिआर तयार गर्ने योजना बनाएको छ । डिपिआर तयार भएपछि त्यसकै आधारमा क्रमशः करिडोरका लागि आवश्यक पूर्वाधार तयार गरिने उनले बताए । ‘डिपिआर र गुरुयोजना तयार भएपछि त्यसकै आधारमा पूर्वाधार तयार गरिनेछ,’ उनले भने, ‘त्यससँगै करिडोरमा आधुनिक उद्योगहरू स्थापनाका लागि लगानीकर्ता आकर्षण गर्ने कार्यक्रम ल्याइनेछ ।’ 

उद्योगी–व्यवसायीले करिडोरको विकासको गुरुयोजना तयार पार्ने कार्य स्वागतयोग्य भएको बताएका छन् । यसका लागि आफूहरूले समेत सकेको सहयोग गर्ने उनीहरूको भनाइ छ । कैलाली उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष शंकरबहादुर बोगटीले अत्तरिया–धनगढी औद्योगिक करिडोर स्वतः विकास र विस्तार भइरहेको बताए ।