१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रामकुमार श्रेष्ठ नवलपरासी
२०७७ असोज ९ शुक्रबार ०८:०५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दाउन्नेमा पहिरोले बस पुरिँदा एकको मृत्यु, १७ घाइते

Read Time : < 1 मिनेट
रामकुमार श्रेष्ठ नवलपरासी
२०७७ असोज ९ शुक्रबार ०८:०५:००

पूर्वी नवलपरासीको बुटवल-नारायणगढ सडकखण्डअन्तर्गत दाउन्नेमा खसेको पहिरोमा  बस पुरिँदा बसमा सवार एकजनाको मृत्यु भएको छ । पहिराेमा परी १७ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहीबार साँझ विनयी त्रिवेणी– २ विश्वकर्मा बाबा मन्दिरनजिकै माथिबाट खसेको पहिरोमा परी ना.५ख ७९४० नम्बरको बस पुरिएको थियो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको उक्त बस पुरिँदा बसमा सवार १८ जना घाइते भएका छन् । घाइतेमध्ये पश्चिम रुकुमको आठबिसकोट गाउँपालिका– १० बस्ने २५ वर्षीय हरिशचन्द्र केसीको बिहीबार राति ९ बजे  उपचारको क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणले बताए ।

प्रहरीका अनुसार दुर्घटनामा परी ११ जना सामान्य घाइते भएको र ६ जनाको अवस्था गम्भीर रहेको छ ।  पहिरोमा पुरिएर सल्यानको श्रीनगर गाउँपालिकानिवासी २७ वर्षीया प्रतिभा खड्का, सोही स्थानका १० वर्षीय प्रज्ञान बस्नेत, १६ वर्षीया खुमा बुढाथोकी, सल्यानको सिमखर्क गाउँपालिका– ७ निवासी ३५ वर्षीय लोकबहादुर बस्नेत, रुकुमको मुसिकोट गाउँपालिका– १ निवासी ३० वर्षीय रमेश खड्का र बाफिकोट गाउँपालिका– ४ बस्ने २७ वर्षीया शिवा पुन गम्भीर घाइते भएकाे प्रहरीकाे भनाइ छ ।  उनीहरूको टाउको, ढाड, छातीमा चोट लागेको छ