१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज ७ बुधबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७७ असोज ७ बुधबार १७:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्चको आदेश : वामदेवलाई थप संवैधानिक जिम्मेवारी नदिनू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७७ असोज ७ बुधबार १७:५८:oo

सर्वोच्च अदालतले वामदेव गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन आदेश दिएको छ । 

राष्ट्रियसभाको सांसदको मनोनयन भएका गौतमलाई मन्त्री बनाउने चर्चा भैरहदा अदालतको यस्तो आदेश आएको हो । 

न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन आदेश जारी गरेको हो । 

अन्तरिम आदेश जारी हने वा नहुने भन्ने टुंगो नलागेसम्म संवैधानिक जिम्मेवारी दिने, लिने कार्य नगर्न अदालतको आदेश छ ।

इजलासले रिट निवेदक र विपक्षी सरकारलाई अन्तरिम आदेशका लागि १४ असोजमा छलफलका लागि बोलाएको छ ।

मन्त्रिपरिषद्‌बाट सिफारिस भएर राष्ट्रपतिबाट मनोनित भएका गौतमले १ असोजमा राष्ट्रिय सभा सदस्य पदको सपथ खाएका थिए ।

उनले राष्ट्रियसभाको गरिमा बढाउने गरी काम गर्ने बताएका थिए ।