१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
एजेन्सी
२o८१ बैशाख २५ मंगलबार ११:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

आइपिएल : राजस्थान १६ रनले विजयी

Read Time : > 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार ११:२o:oo

कप्तान स्टिभ स्मिथ र सन्जु सामसनबीचको उत्कृष्ट ब्याटिङ प्रदर्शनको मद्दतमा मंगलबार १३औँ इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले चेन्नई सुपरकिंग्सलाई १६ रनले पराजित गरेको छ । 

सारजहाँ मैदानमा पहिलो ब्याटिङ गरेको राजस्थानले सात विकेट गुमाएर दुई सय १६ रन बनाएको थियो । 

महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा दुई सय रन जोड्यो ।

जितसँगै राजस्थानले आइपिएलमा उत्कृष्ट सुरुवात गरेको छ । पहिलो ब्याटिङ गरेको राजस्थानको सुरुवात राम्रो भएन । 

ओपनर यशस्भी  जैसवाल ६ रनमै आउट भए । उनी आउट हुँदा राजस्थानले स्कोर बोर्डमा २.२ ओभरमा ११ रन जोडेको थियो । 

त्यसपछि कप्तान स्मिथ र म्यान अफ दी म्याच सन्जुले दोस्रो विकेटका लागि एक सय २१ रनको साझेदारी गर्दै टोलीलाई ११.४ ओभरमा १३२–२ को बलियो स्थितिमा राखे । सन्जुले ३२ बलमा नौ छक्का र एक चौकाको सहयोगमा ७४ रनको योगदान दिए । 

कप्तान स्मिथ इनिङ्सको १८.२ ओभरमा पेभेलियन फर्के । उनले ४७ बलमा समान चार चौका र छक्का प्रहार गरी ६९ रन बटुले । 

राजस्थानको ब्याटिङ इनिङ्समा टोम कुरानले नौ बलमा १० रन तथा जोफ्रा आचरले आठ बलमा चार छक्काको सहयोगमा २७ रनको योगदान दिए । बलिङमा साम कुरानले ३३ रन खर्चेर राजस्थानका तीन ब्याट्सम्यानलाई आउट पारे । 

प्रत्युत्तरमा चेन्नईले उत्कृष्ट सुरुवात पायो । चेन्नईले अन्तिमसम्म रनरेट यथावत् राख्न सकेन । सेन वाट्सन र मुरली विजयको ओपनिङ जोडीले चेन्नईलाई ६.४ ओभरमा ५६–१ को राम्रो अवस्थामा पुऱ्याएका थिए । 

वाट्सन बोल्ड आउट हुनुअघि २१ बलमा चार छक्का र १ चौका प्रहार गर्दै ३३ रनको योगदान दिए । 

अर्को ओभरमा विजय पनि आउट भए । उनले २१ बलको सामना गरी तीन चौकाको सहयोगमा २१ रन बनाए । त्यसपछि फा डु प्लेसिसले साम कुरान (१७), केदार जाधव (२२) र धोनी (२९) सँग राम्रो साझेदारी गरेका थिए ।

तर, उनले चेन्नईलाई जित नजिक पुऱ्याउन सकेनन् । प्लेसिसले ३७ बलमा सात छक्का र एक चौका प्रहार गर्दै सर्वाधिक ७२ रनको योगदान दिए । धोनीले १७ बलमा तीन छक्का हिर्काए । 

यो खेलमा चेन्नईका कप्तान धोनी सर्वाधिक महँगा खेलाडी हुन् । विकेटकिपर ब्याट्सम्यान धोनीले १३औँ संस्करणमा चेन्नईसँग १५ करोड भारुमा सम्झौता गरेका छन् । खेलमा उनले सातौँ नम्बरमा ब्याटिङ गरेका थिए । 

धोनीपछि केदार जाधव चेन्नईका दोस्रो महँगा खेलाडी हुन् । चेन्नईले उनलाई रिटेन गर्न सात करोड ८० लाख भारु खर्चेको छ ।

राजस्थानमा कप्तान स्मिथले यस सिजनका लागि १२ करोड ५० लाख भारु पाएका छन् । सन्जु सामसन आठ करोड भारुमा रिटेन भएका थिए । यस खेलमा छक्काको वर्षा भएको थियो ।

दुवै इनिङ्समा गरी ब्याट्सम्यानले ३३ छक्का प्रहार गरे ।

ad
ad