Skip This
६ महिनापछि सोमबारबाट आन्तरिक उडान
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार o५:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

६ महिनापछि सोमबारबाट आन्तरिक उडान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o५:३o:oo

कोभिड–१९ का कारण बन्द भएको ६ महिनापछि सोमबारबाट देशभरका विमानस्थलमा आन्तरिक उडान सुरु हुने भएको छ । सरकारले ११ चैतदेखि बन्द गरेको आन्तरिक उडान ५ असोजबाट खुलाउने निर्णय गरेको थियो ।

सुरुमा सामान्य अवस्थाको २५ प्रतिशत मात्रै उडान हुने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजनले पोखरेलले बताए । उनका अनुसार सुरुका दिनमा ३६ देखि ४० उडान हुनेछ ।

स्वास्थ्य मापदण्ड पूरा गर्नका लागि विमानस्थलभित्रको प्रक्रिया भने कम्तीमा एक घन्टा लम्बिएको छ । अब विगतमा एक घन्टाअगाडि विमानस्थल जानुपर्ने यात्रु दुई घन्टाअगाडि जानुपर्ने व्यवस्था गरिएको छ । नेपाल वायुसेवा निगमले सातामा १० आन्तरिक उडान गर्ने भएको छ ।


बुद्ध एयरले सोमबारबाट हवाई यात्रामा लागू हुने नियमलाई ‘पास मोडल’का रूपमा व्याख्या गरेको छ । पास (पिएएसएस) अर्थात् प्यासेन्जर, एयरपोर्ट, एयरक्राफ्ट र स्टाफ भनेको छ । प्रोटोकलमा सबै यात्रुले मास्क लगाई हात स्यानिटाइज गर्नुपर्ने व्यवस्था छ ।

विमानस्थलभित्र कम्तीमा १ मिटरको भौतिक दूरी कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । इ–टिकेटबाट मात्रै चेकइन हुनेछ । सबै यात्रुका लागि विमानस्थलमा दोहोरो तापक्रम चेकजाँच र स्यानिटाइजरको व्यवस्था गरिएको छ । 

सोमबारबाट हुने आन्तरिक उडानमा यात्रुलाई कोरोनाको जोखिमबाट बचाउन गरिएको तस्बिर : सञ्जित परियार

ad
ad