१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १२:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कोभिडको फ्रन्टलाइनमा खटिएका नयाँ पत्रिकाकर्मीसहित दुई सय २४ जना सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १२:२७:oo

संविधान दिवसका अवसरमा सिराहा जिल्लामा कोरोना महामारीको फ्रन्टलाइनमा खटिएर सेवा प्रदान गरेका दुई सय २४ जना व्यक्तित्व सम्मानित भएका छन् । 

सम्मानित हुनेमा नयाँ पत्रिकाकर्मी सुरेन्द्रकुमार कामती र मणिलाल विश्वकर्मासहित अन्य सञ्चारकर्मी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा जनप्रतिनिधि रहेको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए ।  

कोभिड–१९ संक्रमण जोखिम न्यूनीकरणका लागि बनाइएको संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) र जिल्ला सुरक्षा समितिले संविधान दिवसका अवसरमा उनीहरूलाई गम्छा र कदरपत्रले सम्मान गरेको जिल्ला समन्वय समितिका सभापति रामचन्द्र ठाकुरले बताए ।  

एम्बुलेन्सचालकलाई जोखिम भत्ता

नेपाल रेडक्रस सोसाइटी सिराहा शाखाले आफ्नोमातहतका पाँचजना एम्बुलेन्सचालकलाई जोखिम भत्ता दिने घोषणा गरेको छ । संविधान दिवसका अवसरमा शाखा र उपशाखामातहतका एम्बुलेन्सचालकलाई कोभिड– १९ मा खटिएको प्रोत्साहनस्वरूप १५–१५ हजार जोखिम भत्ता दिने घोषणा गरेको रेडक्रस सिराहाका सभापति राजदेव यादवले बताए । 
 

ad
ad