१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका विराटनगर
२०७७ असोज १ बिहीबार ११:५३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

प्रदेश १ का सामाजिक विकासमन्त्री घिमिरे कोरोना संक्रमण मुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७७ असोज १ बिहीबार ११:५३:००

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे कोरोना संक्रमणबाट मुक्त भएका छन् । 

संक्रमण भएपछि १३ भदौदेखि होम आइसोलेसनमा बसिरहेका मन्त्री घिमिरे १८ दिनपछि ३१ भदौबाट कोरोनामुक्त्त भएका हुन् । 

२६ भदौमा १४ दिनपछि गरिएको पिसिआर परीक्षणको रिपाेर्ट  पोजेटिभ नै आएपछि उनी निरन्तर होम आइसोलेसनमा बसिरहेका थिए । 

पछिल्लो पटक गरिएको पिसिआर परीक्षणमा मन्त्री घिमिरेको रिपाेर्ट नेगेटिभ आएको प्रदेश १ जनस्वास्थ्य प्रयोगशाला प्रमुख जयबेन्द्र यादवले जानकारी दिए । 

मन्त्री घिमिरेको स्वास्थ्य अवस्था सामान्य रहेको उनको निजी  सचिवालयले जनाएको छ ।