मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ भदौ ३० मंगलबार
  • Saturday, 12 July, 2025
२o७७ भदौ ३० मंगलबार ११:२१:oo
Read Time : > 2 मिनेट
खेलकुद डिजिटल संस्करण

मेसी सर्वाधिक कमाउने फुटबलर

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७७ भदौ ३० मंगलबार ११:२१:oo

बार्सिलोनाका कप्तान लियोनल मेसी २०२० कै सर्वाधिक कमाइ गर्ने फुटबलर बनेका छन् । अमेरिकाको चर्चित पत्रिका फोर्ब्सले मंगलबार सार्वजनिक गरेको डाटाअनुसार मेसीको वार्षिक कमाई एक सय २६ मिलियन डलर रहेको छ । उनले यसपटक पनि युभेन्टसका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई उछिनेका छन् । 

अर्थात् मेसीले सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीमा रोनाल्डोलाई दोस्रो स्थानमा यथावत् राखेका छन् । रोनाल्डोको वार्षिक आम्दानी एक सय १७ मिलियन डलर रहेको छ । २०२० को सिजनमा रोनाल्डोको भन्दा मेसीको आम्दानी नाै मिलियन डलर बढी रहेको छ ।

 फोर्ब्सका अनुसार मेसीले बार्सिलोनाबाट पारिश्रमिकबाट ९२ मिलियन तथा एन्डोर्समेन्टबाट ३४ मिलियन डलर आर्जन गरेका छन् । पोर्चुगलका कप्तान रोनाल्डोले युभेन्टसबाट वार्षिक पारिश्रमिक ७० मिलियन थापेका छन् । 

उनले एन्डोर्समेन्टबाट ४७ मिलियन डलर कमाए । रोनाल्डोको तुलनामा मेसीले क्लबबाट बढी पारिश्रमिक बुझ्ने गरेका छन् । यसैकारण मेसी यसपटक सर्वाधिक कमाउने फुटबलर बनेका हुन् । सर्वाधिक कमाइ गर्ने फुटबलरमध्ये पेरिस सेन्ट जर्मेन (पिएसजी)का दुई खेलाडी क्रमशः तेस्रो तथा चौथो स्थानमा रहेका छन् । 

पहिलोपटक पिएसजीलाई युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनल स्थान सुरक्षित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका नेमार जुनियर तथा केलियन एम्बाप्पे क्रमश: तेस्रो तथा चौथो बढी कमाउने खेलाडी हुन् । नेमारको वार्षिक आम्दानी ९६ मिलियन डलर रहेको छ । 

एम्बाप्पेले २०२० को सिजनमा ४२ मिलियन डलर कमाए । गत वर्षको तुलनामा एम्बाप्पे तीन स्थान सुधार गर्न सफल भएका छन् । ३० वर्षपछि लिभरपुललाई इंग्लिस प्रिमियर सिप उपाधि दिलाएका स्ट्राइकर मोहमद सलाहको ब्रान्ड भ्यालु बढ्नुका साथै वार्षिक आम्दानी पनि बढी रहेको छ । यसपटक उनी पाँचौँ स्थानमा छन् । पछिल्लो तीन वर्ष लिभरपुलका गोल मेसिनका रूपमा रहेका सलाहको वार्षिक आम्दानी ३७ मिलियन पाउन्ड रह्यो । 

२०१९–२० सिजनको इंग्लिस प्रिमियर लिगको अन्तिम खेलमा च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बा सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीमा छैटो स्थानमा रहे । पोग्बाको वार्षिक आम्दानी ३४ मिलियन डलर रहेको फोर्ब्सले जनाएको छ ।

 बार्सिलोनाका फ्रेन्च स्ट्राइकर एन्टोनियो ग्रिजम्यान ३३ मिलियन डलरका साथ सातौँ स्थानमा छन् । एट्लेटिको म्याड्रिडबाट बार्सिलोनामा आएपछि ग्रिजम्यानको वार्षिक आम्दानी ह्वात्तै बढेको छ ।

 प्रशिक्षक जिनेदिन जिदानको क्याम्पमा खासै स्थान जमाउन नसकेका वेल्स स्ट्राइकर गेराथ वेबे आठौँ स्थानमा छन् । स्पेनिस क्लब रियलका प्रशिक्षक जिदानले उनलाई बिक्रीमा राखेका छन् । 

स्पेनिस ला लिगा सम्पन्न हुँदा बेलले जिदानको प्रशिक्षणमा केवल १४ खेलमा मात्र खेल्न अवसर पाए । बेलले २०२० मा २९ मिलियन डलर कमाउन सफल भए ।
 जर्मन क्लब बायर्न म्युनिखलाई छैटाैँपटक च्याम्पियन्स लिग उपाधि दिलाउन मुख्य भूमिका निर्वाह गरेका पोल्यान्डका रोबर्ट लेवान्डोस्की नवौँ कमाइ गर्ने फुटबलर बनेका छन् । 

च्याम्पियन्स लिगमा १५ गोल गरेका लेवान्डोस्कीको कमाइ २८ मिलियन डलर रहेको छ । सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीमा एक मात्र गोलरक्षकका रूपमा डेभिड डी जिया रहेका छन् । म्यानचेस्टर युनाइटेडका एक नम्बर गोलरक्षक जियाले २०२० को सिसजनमा २७ मिलियन डलर कमाएका छन् । 

सर्वाधिक कमाइ गर्ने १० फुटबलर
स्थान        खेलाडी    क्लब            डलरमा 
१    लियोनल मेसी     बार्सिलोना        १२६ मिलियन डलर
२    क्रिस्टियानो रोनाल्डो    युभेन्टस    ११७ मिलियन डलर
३    नेमार            पिएसजी              ९६ मिलियन डलर
४    केलियन एम्बाप्पे    पिएसजी        ४२ मिलियन
५    मोहमद सलाह    लिभरपुल         ३७ मिलियन डलर
६    पाउल पोग्बा        म्या. युनाइटेड    ३४ मिलियन डलर
७    एन्टोनी ग्रिजम्यान    बार्सिलोना        ३३ मिलियन डलर
    गेराथ बेल        रि. म्याड्रिड          २९ मिलियन डलर
    रोबर्ट लेवान्डोस्की    बा. म्युनिख        २८ मिलियन डलर
१०    डेभिड डी जिया    म्या. युनाइटेड    २७ मिलियन डलर

एजेन्सीको सहयोगमा