मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ भदौ ३० मंगलबार ०६:०९:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मास्कको ‘साइड इफेक्ट’ : आँखा सुक्खा हुने  समस्याबाट कसरी बच्ने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ भदौ ३० मंगलबार ०६:०९:००

कोभिड रोकथाम र नियन्त्रणका लागि मास्कको प्रयोग महत्वपूर्ण मानिन्छ । तर, लगातार मास्कको प्रयोग गर्दा विभिन्न समस्या निम्तिरहेका हुन्छन् । जस्तै, मास्कले छोपिने छालामा एलर्जी आउने, चस्मा बाफले भरिने, छालामा इरिटेसन हुने । पछिल्लो समय सर्जिकल मास्क, एन–९५ र कपडाको मास्क लगातार प्रयोगले आँखा सुक्खा हुने समस्या पनि देखिन थालेको छ ।

युटा युनिभर्सिटीका वैज्ञानिकहरूले पछिल्लो समय गरेको एक अध्ययनअनुसार, लामो समयसम्म मास्कको प्रयोग गरेका व्यक्तिमा आँखा सुक्खा हुने र आँखामा जलन हुने समस्यामा वृद्धि भएको पाइएको थियो । क्लिनिकहरूमा आँखाको समस्या लिएर आउने व्यक्तिमा गरिएको सर्वेक्षणअनुसार, कामका क्रममा लगातार मास्कको प्रयोग गरिरहनुपर्ने पेसा व्यवसाय भएका व्यक्तिहरूमा आँखा सुक्खा हुने र पोल्ने समस्या बढी भएको पाइएको थियो । अमेरिकन सिओआरआई अर्थात् आँखा अनुसन्धान तथा शिक्षा केन्द्रले ३१ अगस्टमा लामो समयसम्म मास्कको प्रयोग गरिरहनुपर्ने व्यक्तिहरूमा आँखाको हेरचाह गर्न आग्रह गरेको थियो । यदि मास्कको सधैँ प्रयोग गरिरहनुपर्ने अवस्था भए आँखाको स्वास्थ्यका लागि नयाँ विकल्प खोज्नुपर्ने चिकित्सकहरूले बताएका छन् ।

मास्कले कसरी आँखामा समस्या गर्छ ?
सामान्यतः आँखामा आँसुको मात्रा पर्याप्त नहुनु सुक्खा आँखा हुनु हो, जुन आँखामा हुने विभिन्न समस्याका कारण हुन सक्छ । पछिल्लो समय आँखामा सुक्खापन साझा समस्या भएको छ । आँखा सुक्खा हुँदै जाँदा आँखा बिझाउने, रातो हुने, जलन हुने, दृष्टि धमिलो हुनेजस्ता समस्या देखिन्छ । यस्तो समस्या औषधिहरूको प्रयोग, धुलो धुवाँ, सुक्खा मौसम आदि कारणले हुन सक्छ । तर, पछिल्लो समय मास्कको प्रयोगबाट आँखामा सुक्खापन देखिने नयाँ समस्या देखिएको छ । मास्क लगाउँदा के कारणले आँखा सुक्खा हुन्छ भन्ने तथ्य अनुसन्धानकै क्रमका छ । सामान्यतः मास्क लगाउँदा हावा सजिलै बाहिर आउन सक्दैन, मास्क कसिलो लगाउने व्यक्तिमा श्वास फेर्दा हावा आँखानजिक हँुदै जान्छ, जसले वाष्पीकरणलाई प्रोत्साहित गर्दछ । फलस्वरूप सासले आँखालाई समस्या गर्छ । मास्कसँगै प्लास्टिक फेस मास्क र पिपिईजस्ता सामान प्रयोग गर्ने व्यक्तिमा सासले आइलिडलाई प्रभाव पारिरहेको हुन्छ ।

मास्क कसरी लगाउने ?
चिकित्सकहरूका अनुसार सुक्खा आँखाले विभिन्न समस्या निम्त्याइरहेको हुन्छ । थप जोखिमबाट बच्न समयमै कारण पत्ता लगाएर विज्ञको सल्लाहअनुसार उपचार गर्नुपर्छ । यस्तै, लामो समयसम्म मास्कको प्रयोग गर्नुपर्ने व्यक्तिले मास्कको प्रयोगमा निकै ध्यान दिनुपर्छ । मास्कको छनोटमा समेत ध्यान दिन आवश्यक छ । सास फेर्दा सीधै आँखासम्म जाने गरी मास्क लगाउनुहुँदैन । 

एजेन्सीको सहयोगमा