१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ भदौ २९ सोमबार १३:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डुबेर वृद्धको मृत्यु 

Read Time : < 1 मिनेट
२०७७ भदौ २९ सोमबार १३:२९:००

कैलालीको टीकापुर नगरपालिका– ९ खक्रौलास्थित पुरानो भन्सार कार्यालयनजिकको नालामा  एक वृद्धको पानीमा डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा टीकापुर नगरपालिका– ५ वसन्तानिवासी ७० वर्षीय नरबहादुर ढोली रहेको प्रहरीले जनाएको छ ।

मृतकका काका प्रकाश ढोलीले उनको शारीरिक अवस्था कमजोर र मानसिक अवस्था सुस्त रहेको बताए । 

मृतक ढोलीको शव पोस्टमार्टमका लागि टीकापुर अस्पताल ल्याएकोे इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए ।