१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १६:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कावासोतीमा खोलामा डुबेर बालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:५५:oo

नवलपुरको कावासोती नगरपालिकास्थित बाँड खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार तनहुँको घिरिङ गाउँपालिका– २ माहोरकोट घर भई हाल कावासोती– १४ त्रिभुवनटार बस्ने विष्णुवीर रानाका १५ वर्षीय छोरा रविन रानाको मृत्यु भएको हो।

मंगलबार दिउँसो १२ बजेतिर गाउँका पाँचजना साथीसँगै पौडी खेल्न गएका राना पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। आज सवा ३ बजेतिर उनको शव फेला परेको प्रहरीले जनाएको छ। 

बालकको शव पोस्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल लैजाने तयारी गरिएको छ।

ad
ad