१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १६:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सिन्धुपाल्चोकसहित पाँच जिल्लाका बाढीपीडितलाई भारतले गऱ्याे टेन्ट र त्रिपाल सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १६:४१:oo

भारतले सिन्धुपाल्चोकसहित पाँच जिल्लाका बाढीपीडित स्थानीयहरूका लागि टेन्ट र त्रिपालसहितका राहत सामग्री उपलब्ध गराएको छ । 

भारतीय सहयोगको एक सय ७० टेन्ट तथा करिब तीन सय त्रिपाल सिन्धुपाल्चोक जुगल र भोटेकोसी गाउँपालिका तथा बाह्रबिसे नगरपालिका पठाइएको छ । 

भारतीय राजदूतावासले नेपाल–भारत महिला मैत्री समाजका अध्यक्ष तथा सांसद चन्दा चौधरीमार्फत आपतकालीन राहत सामग्री पठाएको हो । 

भारतीय दूतावासका उपनियोग प्रमुख नाम्ग्य सी. खम्पाले सांसद चौधरीलाई आज राहत सामग्री हस्तान्तरण गरेकी हुन् । 
सिन्धुपाल्चोक, महोत्तरी, सर्लाही, नवलपरासी र कैलालीका स्थानीय गाउँपालिका एवं नगरपालिकासँग समन्वय गरेर सामग्री हस्तान्तरण गर्न लागिएको सांसद चौधरीले जानकारी दिएकी छिन् । 

त्रिपाल हस्तान्तरणका लागि चौधरीसहितको टोली आज अपराह्न सिन्धुपाल्चोकतर्फ लागेको छ । 

भारत सरकारको नियमित मानवीय सहयोग तथा आपतकालीन राहत सहायताअन्तर्गत उक्त राहत सामग्री नेपाललाई वितरण गरिएको भारतीय दूतावासका प्रवक्ता अभिषेक दुबेले बताए । 

करिब दुई करोड रुपैयाँबराबरका पाँच सय थान अस्थायी टेन्ट तथा आठ सय थान प्लास्टिक सिट (त्रिपाल) भारतले दिएको हो । 

यीमध्ये सिन्धुपाल्चोकका लागि एक सय ७० टेन्ट र तीन सय त्रिपाल दिन लागिएको चौधरीले बताइन् । नेपाल सरकारको स्वीकृतिमा भारतीय दूतावासले सामग्री दिएको हो । 
 

ad
ad