मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
आइसोलेसनमा ध्यान गर्दै मन्त्री घिमिरे
२०७७ भदौ २६ शुक्रबार ११:४०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

दुई साता होम आइसोलेसनमा बस्दा पनि कोरोनामुक्त भएनन् प्रदेश १ का सामाजिक विकासमन्त्री 

Read Time : < 1 मिनेट
२०७७ भदौ २६ शुक्रबार ११:४०:००

कोरोना संक्रमण भएपछि होम आइसोलेसनमा बसिरहेका प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे दुई साता बित्दा पनि संक्रमणमुक्त हुन सकेका छैनन् ।  

आइसोलेसनमा बसेको १४ दिनपछि जनस्वास्थ्य प्रयोगशालमा पिसिआर परीक्षण गर्दा पनि उनमा कोरोना पोजेटिभ देखिएको छ ।  

बुढीगंगा १ स्थित आफ्नै निवासमा आइसोलेसनमा बसिरहेका ५९ वर्षीय मन्त्री घिमिरेले पूर्ण संक्रमणमुक्त नभएसम्म आफू होम आइसोलेसनमै बसिरहने जानकारी दिए ।  

१३ भदौमा पिसिआर परीक्षण गराउन स्वाब संकलन गराएपछि मन्त्री घिमिरे होम आइसोलेसनमा बसेका हुन् । त्यसको दुई दिनमा घिमिरेलाई  कोरोना संक्रमण पुष्टि भएको थियो ।  

मन्त्री घिमिरेको निजी सचिवालयका अनुसार स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र कोरोनाका लक्षणहरू हराउँदै गएकाले उनको चौध दिनपछि बिहीबार पुनः पिसिआर परीक्षण गरिएको थियो ।