१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १५:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पैसा अभावमा मिर्गाैलापीडित किशोरीलाई उपचारमा समस्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १५:१५:oo

दुवै मिर्गाैलाले काम गर्न छाडेपछि झापा मेचीनगर– ९ की १७ वर्षीया किशोरी अरिस्ता परियारको उपचारमा समस्या भएको छ । एक महिनादेखि नियमित डाइलाइसिस गराइरहेकी अरिस्ताको उपचारमा पैसा अभाव भएको हो । 

डाक्टरले तत्काल मिर्गाैला प्रत्यारोपण गर्नुपर्छ भने पनि पैसा अभावमा प्रत्यारोपण गर्न नसकिएको अरिस्ताकी आमा लक्ष्मीले बताइन् ।

‘डाक्टरले उनको शारीरिक र स्वास्थ्य अवस्था हेर्दा छिट्टै एउटा मिर्गाैला प्रत्यारोपण गर्नुपर्छ भनेका छन्,’ उनले भनिन्, ‘चार लाखभन्दा धेरै सकियो । प्रत्यारोपणका लागि १० लाखदेखि २५ लाखसम्म लाग्छ भनेका छन् । मसँग त्यति पैसा छैन, मेरो छोरीलाई बचाउन सहयोग गरिदिनुहोला ।’ 

अहिले हप्तामा दुईपटक डायलाइसिस गर्दा १५ हजारभन्दा बढी लाग्ने र थाम्नै मुस्किल भएको लक्ष्मीले बताइन् । सामान्य परिवारकी अरिस्ताका बुबा सिलाइ पेसा गर्छन् । आमा मेचीनगर नगपालिकाकी दलित महिला सदस्य हुन् ।

यस्तै, अरिस्ताको मिर्गाैला प्रत्यारोपणका लागि मेचीनगर– ९ का वडाध्यक्ष गोपाल खड्काको संयोजकत्वमा अरिस्ता परियार बचाउ अभियान गठन गरेको छ । अभियानलाई विभिन्न संघसंस्था तथा व्यक्तिले अहिलेसम्म चार लाखको वचन दिएको र ५२ हजार संकलन भइसकेको अभियानका संयोजक खड्काले जानकारी दिए । 
 

ad
ad