१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ भदौ २४ बुधबार
  • Saturday, 05 July, 2025
भरतपुर महानगरपालिका–६ स्थित सर्वोदय बहुउद्देश्यीय सहकारीको मल बिक्री केन्द्र अगाडि वर्षा र कोरोना संक्रमणको जोखिमबीच मलका लागि किसानको भिड । तस्बिर : विवेक पोख्रेल/नयाँ पत्रिका
२o७७ भदौ २४ बुधबार o९:५४:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया प्रिन्ट संस्करण

संक्रमणको जोखिम र झरीबीच १० किलो मलका लागि घन्टौँकाे सास्ती [फिटोफिचर]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ भदौ २४ बुधबार o९:५४:oo

चितवनमा कोरोना संक्रमणको जोखिम मोल्दै किसान मलका लागि घन्टौँ लाइन लाग्न बाध्य छन् । निषेधाज्ञाबीच झरीमा ठेलमठेल लाइनमा लागेका उनीहरूले मुस्किलले १० किलो मात्रै मल पाएका छन् । 

कतिपयले त त्यति मल किन्न पनि दुई–तीन दिन लाइन लाग्नुपरेको छ भने कतिले रात नै बिक्री केन्द्रमा बिताउँदासमेत मल पाएका छैनन् ।

यो तस्बिर भरतपुर महानगरपालिका– ६ स्थित सर्वोदय बहुउद्देश्यीय सहकारीको बिक्री केन्द्रअगाडि मल लिने किसानको भिडको हो । जहाँ अहिले एक सय बोरा मल वितरण हुँदै छ । एक बोरामा ५० केजी मल हुन्छ ।

मल खरिद गर्न किसानको भिड लागेपछि सर्वोदय सहकारीले १० केजीका दरले मात्रै बिक्री गरेको सहकारीका उपाध्यक्ष खिलराज रेग्मीले बताए । 

जिल्लाका अन्य ठाउँमा पनि किसान मलका लागि घन्टौँ लाइनमा बसेका छन् । कृषि ज्ञान केन्द्र, चितवनका प्रमुख राजन ढकालका अनुसार जिल्लामा २७ हजार चार सय ४५ हेक्टरमा धान खेती हुँदै आएको छ । एक कट्ठा जमिनलाई साढे दुई केजी युरिया आवश्यक पर्ने ढकालले बताए । 

रोपाइँ गर्नुअघि पनि किसानले यस्तै हैरानी खेप्नुपरेको थियो । अहिले धानबालीमा मल हाल्ने वेला घर्किसक्दा पनि किसानले मल पाएका छैनन् ।