Skip This
काठमाडौंका प्रजिअ दाहाल भन्छन्- क्वारेन्टिन, आइसोलेसन र परीक्षणकाे दायरा बढाउनुपर्छ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार १३:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

काठमाडौंका प्रजिअ दाहाल भन्छन्- क्वारेन्टिन, आइसोलेसन र परीक्षणकाे दायरा बढाउनुपर्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १३:४७:oo

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले काठमाडौंमा आइसोलेसन र क्वारेन्टिन थप गर्न आवश्यक रहेको बताएका छन् ।

त्यस्तै, परीक्षणको दायरा पनि बढाउनुपर्ने उनको भनाइ छ। सरकारले आइसोलेसन र क्वारेन्टिन पर्याप्त रहेको बताइरहेका वेला उनले आइसोलेसन, क्वारेन्टिन र परीक्षण थप गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिको आइतबार बसेको बैठकमा उनले भने, ‘आइसोलेसन, क्वारेन्टिन र टेस्टिङबारे धेरै प्रतिक्रिया आएको छ । यो थप गर्नुपर्छ । यो कुरा हामीलाई पनि महसुस भएको छ।’

कोरोनाका कारण मृत शरीरको व्यवस्थापनका लागि तत्काल ठाउँ खोज्नुपर्ने जरुरी भएकोसमेत उनले बताए । त्यसका लागि अनकन्टार ठाउँ तत्काल खोजेर काम अघि बढाउनुपर्ने उनको भनाइ छ।

उनले भने, ‘यही रूपले कोभिड संक्रमण बढ्ने हो भने अब मृत शरीर व्यवस्थापनकाे ठाउँ तयार गर्न पनि थाल्नुपर्छ । भोलिका दिनमा निधन हुनेहरूकाे संख्या धेरै हुँदा व्यवस्थापन गर्न अनकन्टार ठाउँमा फिनिसिङ गरेर तयार पार्नुपर्छ । त्यस्तो स्थिति त नआओस्, तर तयार भएर बस्नुपर्छ। भोलि सयौँ मानिसको मृत्यु भएमा के गर्ने !’

ad
ad