१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
मुना कुँवर काठमाडौ
२o८१ बैशाख ३१ सोमबार १५:५६:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

लकडाउनमा टिकटकको प्रयोग ७५ प्रतिशतले वृद्धि 

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडौ
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १५:५६:oo

कोरोना संक्रमणका कारण लकडाउन सुरु भएपछि नेपालमा टिकटकको प्रयोग ७५ प्रतिशतले बढेको पाइएको छ । त्यस्तै, नेटफिलिक्सको ५२ प्रतिशत, गुगल ३७ प्रतिशत, फेसबुक ४७ प्रतिशतले बढेको इन्टरनेट सेवा प्रदायकहरूले बताएका छन् । 

लकडाउनका कारण घरभित्रै रहँदै आएका मानिसले इन्टरनेट प्रयोग गर्ने र इन्टरनेटमा ८० प्रतिशतले भिडियो प्रयोग गर्ने गरेको सेवा प्रदायकहरूले बताउँदै आएका छन् । त्यस्तै, वर्क फर्म होम र अनलाइन क्लासले गर्दा पनि नेपालमा इन्टरनेट व्यान्डविथकाे माग गरेको उनीहरूको दाबी छ । 

इन्टरनेट स्पिडको निर्धारण सेवा प्रदायकले मात्र गर्न नसक्ने
इन्टरनेट स्पिडको निर्धारण इन्टरनेट सेवा प्रदायकले मात्रै गर्न नसक्ने सुबिसु केवल नेट प्रालिका सिइओ विनयमोहन साउदले बताए । प्रविधि पत्रकार मञ्च (टिजेएफ) नेपालले गरेको भर्चुअल अन्तर्क्रियामा बोल्दैै उनले विदेशबाट ल्याउने व्यान्डविथ, विभिन्न सर्भर र मोबाइल एपलगायतमा आउने समस्याका कारणले गर्दासमेत इन्टरनेट स्लो हुने दाबी गरे ।

भारतका टाटा, एअरटेललगायतका कम्पनीमा समस्या आउँदा, कुनै सेवा क्षमताभन्दा धेरै प्रयोग हुँदा र उपभोक्ताले प्रयोग गर्ने डिभाइसको गुणस्तर आदि कारणले पनि इन्टरनेट स्लो हुने गरेकाे उनले बताए । ‘हामी त उपभोक्ता र सर्भर वा एपबीचको पुल मात्रै हौँ । तीनवटा पक्षमध्ये कुनै एउटामा समस्या आयो भने इन्टरनेट स्लो हुन्छ, तर गाली खाने हामी मात्रै हुन्छौँ,’ उनले भने । 

यस्तै भायनेट  कम्युनिकेसन प्रालिका प्रबन्ध निर्देशक विनय बोहराले इन्टरनेट स्लो हुने उपभोक्ताको गुनासो कहिल्यै पनि अन्त्य नहुने बताए । ‘अहिले टिकटकको कारण नै इन्टरनेट स्लो भएको छ । भोलि यस्तै अर्को एप आउला । धेरै इन्टरनेट खपत गर्ने साइट आउला । त्यो वेला पनि इन्टरनेट केही स्लो हुन सक्छ । त्यसैले यसको गुनासो पूर्ण रूपमा समाधान हुन सक्दैन । हामीले कम गर्दै लैजाने हो,’ बोहराले भने ।

‘हामीकहाँ इन्टरनेटको खपत धेरै बढे पनि त्यसलाई व्यवस्थापन गर्ने पूर्वाधार र उपकरण छैनन्, व्यान्डविथ पनि विदेशबाट ल्याउनुपर्छ । हामीले भारतबाट किन्छौँ । उता समस्या आएमा यता नेपालमा इन्टरनेट स्लो हुन्छ वा बन्द हुन्छ । त्यसमाथि नेपालको भौगोलिक विकटताले पनि समस्या पारेको हुन्छ,’ उनले भने  ठूला प्लेटफर्म सर्भर नेपालमा नहुँदा इन्टरनेटमा समस्या आएको छ । 

नेपालमा पनि अहिले टिकटक, फेसबुक, युट्युबलगायतका एप्लिकेसनहरूको प्रयोग बढ्दै गएको छ । तर, यस्ता प्लेटफर्महरूको सर्भर भने नेपालमा छैन । जसका कारण यी एप्लिकेसनहरूमा समस्या आउने गरेको सुबिसुका सिइओ साउदले बताए । तर, यसको सेवाग्राहीेले भने यसको दोष सेवा प्रदायकलाई नै दिने गरेको बताए । ‘कुनै वेला फेसबुक, युट्युब, टिकटकलगायतका प्लेटफर्ममै समस्या आएको हुन्छ । तर, उपभोक्ताले इन्टरनेट सेवा प्रदायकलाई दोषी ठान्नुहुन्छ । हामीले फेसबुक, टिकटक, युट्युबको समस्या समाधान गर्न सक्दैनौँ नि,’ उनले भने । 

त्यस्तै भायनेटका प्रबन्ध निर्देशक बोहराले ठूला प्लेटफर्मका सर्भर र एक्सचेञ्ज नेपालमा राख्न सकेमा इन्टरनेट सेवा प्रदायकलाई गरिने आलोचना केही कम हुने आशा व्यक्त गरे । कहिलेकाहीँ प्रतिस्पर्धाको नाममा इन्टरनेट सेवा प्रदायकबीच हुने अस्वस्थ प्रतिस्पर्धाका कारण पनि ग्राहकले गुणस्तरीय इन्टरनेट नपाएको हुन सक्ने उनले बताए । 

कोरोनाका कारण समस्या झनै बढ्दो
कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि भएको लकडाउन र निषेधाज्ञाको कारण सर्वसाधारण घरभित्रै बस्नुपर्दा इन्टरनेटको स्पिडमा थप समस्या भएको छ । विशेषगरी टिकटक, फेसबुक र युट्युबका प्रयोगकर्ताको संख्या र चलाउने समय पनि बढेकाले इन्टरनेट पुऱ्याउन हम्मेहम्मे परेको सुबिसु केवल नेट प्रालिका सिइओ विनयमोहन साउदको भनाइ छ । 

लकडाउनपछि सुबिसु केवल नेटको मात्रै २२ देखि २५ जिबिपिएस व्यान्डविथको माग बढेको उनले जानकारी दिए । ‘लकडाउनअघि एउटा ग्राहककाे महिनाभरमा झन्डै तीन सय जिबिपिएस इन्टरनेट खपत हुन्थ्यो। अहिले पाँचदेखि ६ सय जिबिपिएस खपत भइरहेकाे छ । प्रायजसो प्रयोगकर्ताकै कारणले पनि इटरनेट केही स्लो भएको हुन सक्छ । यो कुरा उहाँहरूले पनि बुझिदिँदा राम्रो हुन्छ,’ सिइओ साउदले भने । 

त्यस्तै भायनेट कम्युनिकेसन प्रालिका प्रबन्ध–निर्देशक बोहराले कोरोनापछि इन्टरनेट सेवा प्रदायकहरूलाई झनै ठूलो समस्या परेको बताए । ‘इन्टरनेटको माग धान्नै नसक्ने गरी बढेको छ, हाम्रा उपकरण बिग्रिरहन्छन् । यस्तो वेलामा विदेशबाट आउने चार्टर्ड जहाजमा सामान ल्याउन समय लाग्छ । भनेको वेलामा जनशक्ति पाइँदैन । कोरोनापछि हामी थप समस्यामा छौँ,’ बोहराले भने । 

सेवा प्रदायकलाई मात्र दोष दिएर हुँदैन : आनन्दराज खनाल,  दूरसञ्चार विज्ञ
टिजेएफले गरेको भर्चुअल अन्तर्क्रियामा दूरसञ्चारविज्ञ आनन्दराज खनालले देशमा भइरहेको अनेक अभावच इन्टरनेट सेवा प्रदायक (आइएसपी)हरूले दिएको सेवामा सन्तुष्ट हुनुपर्ने बताए । महामारीको वेलामा इन्टरनेटको गुणस्तर सुधारका लागि विकसित देशले व्यान्डविथ बढाउनेदेखि अन्य धेरै पहल गरेको, तर नेपाल सरकारले भने उपभोक्तालाई छुट दिने निर्देशनबाहेक अरू केही नगरेको खनालको आरोप छ । 

‘इन्टरनेटको गुणस्तर सेवा प्रदायकको हातमा मात्रै छैन । इन्टरनेट आफैँमा एउटा ठूलो प्रणाली हो । सरकार, नियामक र उपभोक्ताले धेरे बुझ्न बाँकी छ । यदि सेवा प्रदायकका दुःख बुझ्ने हो भने सेवा प्रदायकलाई गाली गर्ने थिएनौँ होला,’ दूरसञ्चारविज्ञ खनालले भने । 

आइएसपीले विदेशमा व्यान्डविथको पैसा भुक्तानी गर्नका लागि पनि कैयौँ दिन यता र उता धाउनुपर्ने बाध्यता रहेको भन्दै खनालले सरकारले निर्देशन मात्रै दिने गरेको, तर गुणस्तर सुधारका लागि नीतिगत र व्यावहारिक काममा ध्यान नदिएको बताए ।  उनले राउटरलगायतका सामग्री सेवा प्रदायक स्वयंले उपलब्ध गराउँदै आएको भन्दै कम गुणस्तरको राउटरकै कारण इन्टरनेट स्पिड कम भएको भनेर पन्छिन नमिल्ने उल्लेख गरे ।

ad
ad