मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ भदौ १६ मंगलबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ भदौ १६ मंगलबार २१:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

उपत्यकामा निषेधाज्ञा थप हुने, केही क्षेत्र खुकुलो बनाउने तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ भदौ १६ मंगलबार २१:४८:oo

काठमाडौं उपत्यकामा मोडालिटी परिवर्तन गरी निषेधाज्ञा थप हुने भएको छ । गृह मन्त्रालयको सहमतिमा निषेधाज्ञा थप गर्ने उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको तयारी छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले यसबारे मंगलबार छलफल गरेका छन् । छलफलमा निषेधाज्ञा थप्नुको विकल्प नभएको निष्कर्ष निकालिएको छ । निषेधाज्ञा थपबारे बुधबार निर्णय गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

गृह मन्त्रालय स्रोतका अनुसार केही क्षेत्रलाई खुकुलो बनाउनुपर्ने राय आएको छ । सोहीअनुसार स्वास्थ्य मापदण्ड पालना गर्ने गरी केही आर्थिक क्षेत्रलाई सञ्चालन गर्न दिनेबारे बुधबार निर्णय गर्न लागिएको छ ।

उपत्यकामा ३ भदौदेखि निषेधाज्ञा लागू गरिएको हो । १० भदौमा एक साताका लागि थप गरिएको थियो । निषेधाज्ञाको १३ दिन भइसके पनि उपत्यकामा संक्रमण झन् बढिरहेको छ ।  तर, यसले संक्रमणको बढ्दो दरलाई धेरै हदसम्म नियन्त्रण गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।