१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७७ श्रावण ३० शुक्रबार १३:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोले एक्स्काभेटर र टिपर पुरियो, एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ श्रावण ३० शुक्रबार १३:०७:००

मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरमा पहिरोले पुरिँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको उत्तरी क्षेत्र थाहा नगरपालिका– १२ स्थित गैरीगाउँमा रहेको ढुंगाखानीमा बिहीबार साँझ ७ बजे पहिरोले पुरिँदा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

प्रहरीका अनुसार पहिरोमा परी स्थानीय ५४ वर्षीय कालु मोक्तानको मृत्यु भएको छ । मुक्तानको शव शुक्रबार बिहान पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए । 

मोक्तान ढुंगा उत्खननकाे जिम्मा पाएको माइनिङ एन्ड माइनिङ कम्पनी प्रालि काठमाडौंको कर्मचारी हुन् । 

पहिरोमा परी एक एक्स्काभेटर र तीनवटा टिपर पुरिएको थियो । ‘पहिरो पन्छाउने काम भइरहेको छ, हालसम्म एक एक्स्काभेटर र तीनवटा टिपर भेटिएको छ,’ डिएसपी रानाले भने । टिपर र एक्स्काभेटर नदेखिने गरी पुरिएकोले क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीको दाबी छ । 

पहिरोपछि स्थानीय र इलाका प्रहरी कार्यालय पालुङका प्रतिनिधिहरू बिहीबार राति नै घटनास्थल पुगेका थिए । राति भएका कारण उद्धार गर्न निकै समस्या भएकोले शुक्रबार बिहानैबाट सुरक्षाकर्मी खटेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकास तामाङले बताए ।