१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ श्रावण २९ बिहीबार १२:३२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भक्तपुर अदालतद्वारा एक वर्षमा एक हजार चार सय १६ मुद्दा फर्स्याेट

Read Time : > 1 मिनेट
२०७७ श्रावण २९ बिहीबार १२:३२:००

भक्तपुर अदालतले आर्थिक वर्ष ०७६/७७ मा एक हजार चार सय १६ थान मुद्दा फर्स्याेट गरेको छ । 

अदालतमा जिम्मेवारी सरिआएका एक हजार नाै सय ५५ र नयाँ दर्ता भएका एक हजार आठ सय ७२ वटा गरी कुल तीन हजार आठ सय २७ मुद्दा थिए ।  तीमध्ये एक हजार चार सय १६ वटा मुद्दा फर्स्याेट भएकाे अदालतका स्रेस्तेदार घनेन्द्र अधिकारीले बताए ।

बाँकी रहेका दुई हजार चार सय ११ थान मुद्दा चालू आर्थिक वर्षका लागि जिम्मेवारी सरेर आएका छन् । 

अदालतले आर्थिक वर्ष ०७५/७६ मा दुई हजार तीन सय ९५ थान र ०७४/७५ मा एक हजार चार सय २९ थान मुद्दा फर्स्याेट गरेको थियो । 

‘कोरोना र लकडाउनले मुख्य असर पुऱ्यायो, त्यसअघि उपनिर्वाचनले पनि केही असर गऱ्याे, त्यसैले यो वर्ष गएको वर्षभन्दा केही कम मुद्दा फर्स्याेट भए,’ स्रेस्तेदार अधिकारीले भने । अदालतमा पाँचवटा इजलास छन् । 

गत वर्षभन्दा तेब्बरभन्दा बढी जरिवाना असुल
अदालतले जरिवाना भने गत वर्षको भन्दा तेब्बर बढी जरिवाना असुल गरेको छ । 

अदालतले जरिवानातर्फ ११ करोड ६१ लाख १८ हजार ४३१ रुपैयाँ असुल गरेको जनाएको छ । 

लगत ३१ करोड ७४ लाख ३९ हजार ३० रुपैयाँमध्ये चालू वर्षका लागि २० करोड १३ लाख २० हजार ५९९ रुपैयाँ जिम्मेवारी सरिआएको छ । अघिल्लो वर्ष अदालतले तीन करोड ८७ करोड ९४ हजार ६४० रुपैयाँ मात्रै असुल गरेको थियो । 

अदालतले फैसला कार्यान्वयनतर्फ एक सय ९२ वटा निवेदनको फर्स्याेट गरेको छ । कुल चार सय २० निवेदनमध्ये दुई सय २८ वटा निवेदन चालू आर्थिक वर्षका लागि जिम्मेवारी सरेका छन् । अघिल्लो वर्ष तीन सय १९ वटा निवेदन फर्स्याेट भएका थिए ।