१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण २० मंगलबार ०७:३९:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

तनाव र उदासीनता कसरी रोक्ने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण २० मंगलबार ०७:३९:००

- कोभिड संक्रमणले निम्त्याएको असामान्य परिस्थितिले आममानिसमा तनाव बढाएको छ । विश्वभरि संक्रमणसँगै विकराल समस्या बन्दै गएको मानसिक समस्या आत्महत्याको मुख्य कारण बनेको छ ।

- प्रहरीको तथ्यांकअनुसार लकडाउनको अवधिमा मात्रै नेपालमा दुई हजारभन्दा बढी व्यक्तिले आत्महत्या गरेका छन् । महामारीपछि आत्महत्याको दर बढ्नुको मुख्य कारण बढ्दो तनाव र डिप्रेसन रहेको जानकारहरू बताउँछन् । 

- आत्महत्याको लक्षण पहिचान गरेर रोकथाम गर्नु निकै चुनौतीपूर्ण कार्य हो । सामान्यतया लक्षण देखिनासाथ सम्बन्धित व्यक्तिलाई उचित मनोवैज्ञानिक परामर्श दिनुपर्छ । त्यति गर्दा पनि जीवनशैलीमा परिवर्तन आएन भने मनोचिकित्सकसँग सल्लाह लिई उपचार गर्नुपर्छ । लागुपदार्थ र मद्यपानको कुलत पनि आत्महत्याको अर्को कारण मानिन्छ । कुलतमा फसेका व्यक्तिलाई पुनस्र्थापना केन्द्रमा राखेर उपचार गर्नुपर्ने हुन्छ । 

- हरेक व्यक्तिले आत्महत्याको सोचलाई एक–अर्कासँग सेयर गरिरहेका हुन्छन् । यदि कुनै व्यक्तिले आत्महत्याको विचार सेयर गरेमा, डिप्रेसनको लक्षण देखिएमा, व्यवहारमा परिवर्तन आउन थालेमा परिवार तथा साथीभाइले विशेष ख्याल गर्नुपर्ने हुन्छ । यस्ता व्यक्तिलाई समयमै उचित परामर्श दिन सकेमा आत्महत्या गर्नबाट रोक्न सकिन्छ । 

- कोरोना महामारीका वेला संसार नै असामान्य स्थितिबाट गुज्रिरहेकाले मानसिक समस्या देखिनु सामान्य भएको चिकित्सकहरूको भनाइ छ । तर, कडा खालको तनाव र डिप्रेसनका लक्षण देखिएमा काउन्सिलिङको आवश्यकता हुन्छ । यस्तो अवस्थामा परिवारका सदस्यहरूको मनोवैज्ञानिक सपोर्ट निकै महत्वपूर्ण हुन्छ ।