१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण ६ मंगलबार १२:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

औसतभन्दा बढी वर्षा भएकाले बाढीपहिरोका घटना बढे : मौसम विज्ञान विभाग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण ६ मंगलबार १२:५३:००

हिउँदबाट नै औसतभन्दा बढी वर्षा भएकाले मनसुनमा बाढीपहिरोका घटना बढेको मौसम विज्ञान विभागले जनाएको छ । 

हिउँदमा औसतभन्दा दुई सय ३० प्रतिशत बढी वर्षा भएको र मनसुनमा समेत एक सय ३० प्रतिशत बढी वर्षा भएकाले पहिराका घटनाहरू बढेको विभागले जनाएको हो । विभागका महानिर्देशक सरजु वैद्यले हिउँदको वर्षाले जमिन भिजेको र गलिसकेका कारण मनसुन सुरु हुनेबित्तिकै ठाउँठाउँमा बाढीपहिराेका घटनाहरू घटेको बताए । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा महानिर्देशक वैद्यले साउन ९ गतेसम्म मनसुन सक्रिय रहने र त्यसपछि क्रमिक रूपमा वर्षा कम हुने बताए । विगत तीन दिनयता प्रदेश नम्बर २, ५ र गण्डकी प्रदेशमा एक सय ५० देखि दुई सय मिमिलिटर पानी परेको छ । मनसुन सुरु भएयता प्रदेश नम्बर १ , २ र ५ मा औसतभन्दा दुई सय प्रतिशत बढी पानी परेको छ ।

विभागले कोसी नदीको चतरा, बागमती नदीको खोकना, नारायणी नदीको देवघाटमा खतराको तह पार गरेको बताएको छ । नारायणी नदीको देवघाट, अरुणको सिम्ले, तमोरनदी र त्रिवेणी नदीमा पानीकाे सतह खतराको तहमा पुगेकोले सतर्कता अपनाउन महानिर्देशक वैद्यले बताए । आज सुस्ता आसपास र तटीय क्षेत्रमा डुबानको जोखिम रहेको उनले बताए । 

आगामी तीन दिनसम्म प्रदेश नम्बर १, २, ५, बागमती र गण्डकी प्रदेशका नदीहरूमा बाढीको जोखिम रहेको विभागले जनाएको छ । विभागले बाढीको पूर्वसूचनासमेत प्रदान गरिरहेको छ । मनसुन सुरु भएयता मात्रै ५० लाख १७ हजार दुई सय ३३ वटा मोबाइल एसएमएसमार्फत पूर्वसूचना दिइएको विभागले जनाएको छ ।