१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाै‌ं
२०७७ श्रावण ५ सोमबार १६:०९:००
Read Time : > 1 मिनेट
सेयर बजार डिजिटल संस्करण

लगातार वृद्धि भइरहेको नेप्से सोमबार ओरालो   

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाै‌ं
२०७७ श्रावण ५ सोमबार १६:०९:००

लगातार वृद्धि भइरहेको नेप्से परिसूचक सोमबार भने १४ दशमलव ०९ प्रतिशतले घटेर एक हजार चार सय ६४ मा आइपुगेको छ । आइतबार मौद्रिक नीतिको कारण उच्च दरमा बढेको नेप्से सोमबार भने बिक्री बढेसँगै घटेको हो । १८ असारबाट निरन्तरजस्तो वृद्धि भएको बजारले यसबीचमा दुई सय २२ अंक जोडेपछि लगानीकर्ताहरू प्रतिफल सूनिश्चित गर्न बिक्रीमा हतारिएका थिए । 

मौद्रिक नीतिको प्रभाव भने बजारमा एक दिन मात्रै देखियो । विशेषगरी सेयर धितोको ७० प्रतिशतसम्म कर्जा लिन सकिने र यसरी सेयर धितो राख्दा मूल्यांकनको क्रममा एक सय २० दिनको कारोबारको भारित औसत लिन सकिने मौद्रिक नीतिको व्यवस्थापछि आइतबार बजार उच्च दरमा बढेर सर्किट ब्रेक नै लगाएर र वृद्धिलाई रोक्नुपरेको थियो । राष्ट्र बैंकले बैंकहरूको नगद लाभांश वितरणमा केही कडाइ गरेपछि पनि बजारमा अपेक्षा बढेपछि बजारले वृद्धि समातेको थियो । बैंकहरूले बोनस सेयरमा जोड दिने र उच्च दरमा यस्तो लाभांश प्रस्ताव गर्ने हल्लाहरू बढेपछि बढेको बजार सोमबार नै घटेको छ । 

कोभिड– १९ को कारण भएको बन्दाबन्दीले तेस्रो त्रैमासमा नै केही बैंकहरूको वितरणयोग्य नाफा नै ऋणात्मक भएको अवस्थामा समेत उच्च लाभांशका हल्ला फिँजाइएपछि आइतबार बजारमा उच्च वृद्धि देखिएको थियो । बजार यस वर्षकै उच्च बिन्दु (१६३२) नजिक आएपछि भने लगानीकर्ताहरू प्रतिफल सुनिश्चित गर्न हतारिएका छन् । बजार उच्च बिन्दुनजिक हुँदा सेयर खरिदकर्ता र बिक्रीकर्ताबीच मोलमोलाइ पनि तीव्र भएको छ । यही कारण बजार यस दिन उच्च दरमा घटबढसहित अस्थिर देखिएको छ । 

सोमबार बैंकिङ, विकास बैंक, वित्त र सामूहिक लगानी कोष समूहको परिसूचकमा सुधार भएको छ । कारोबारमा आएका एक सय ८१ मा ७१ वटा कम्पनीको मूल्य भने यस दिन बढेको छ । युनाइटेड फाइनान्स, स्पर्श लघुवित्त, एनआइसी एसिया लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ । कम्पनीको मूल्यमा सर्किट ब्रेक लागेपछि पनि घटेर कारोबार गर्न भने रोकिँदैन । गुराँस लघुवित्त, मञ्जुश्री फाइनान्सको सेयर मूल्य पनि करिब १० प्रतिशतले घटेको छ । यस दिन बजारमा दुई अर्ब ८० करोड रुपैयाँको कारोबार भएको छ ।