१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २१ आइतबार १८:२४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस पार्टी कार्यालय सानेपामा नेविसंघको विरोध प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २१ आइतबार १८:२४:००

कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पार्टीभित्रका भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै केन्द्रीय कार्यालय सानेपामा विरोध प्रदर्शन गरेको छ । नेविसंघ केन्द्रीय समितिलाई पूर्णता दिन माग गर्दै आइतबार सानेपा पुगेका विद्यार्थी नेताहरूले पार्टीभित्र भ्रष्टाचार बढेको भन्दै छानबिन र कारबाही गर्न माग गरेका हुन् ।

विद्यार्थी नेताहरूले विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए । नेविसंघको वर्तमान कार्यसमितिको कार्यकाल २६ दिन मात्रै बाँकी रहेको भन्दै तत्काल पूर्णता दिई महाधिवेशनउन्मुख गराउन माग पनि गरेका छन् । नेविसंघका कोषाध्यक्ष शिव रिमालको नेतृत्वमा विद्यार्थी नेताहरू सानेपा पुगेका थिए ।