१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका ललितपुर
२०७७ बैशाख ४ बिहीबार ०६:४६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

ललितपुर महानगरले  क्वारेन्टाइन सञ्चालन गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका ललितपुर
२०७७ बैशाख ४ बिहीबार ०६:४६:००

ललितपुर महानगरपालिकाले निजी स्रोतमा क्वारेन्टाइन सञ्चालन गर्ने भएको छ । ललितपुरका मेयर चिरीबाबु महर्जनको संयोजकत्वमा गठन भएको महानगर विपत् व्यवस्थापन समितिको बुधबारको बैठकले आफ्नै स्रोतमा क्वारेन्टाइन सञ्चालन गर्ने निर्णय गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बनेको क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन समितिले रिपोर्ट दिएसँगै क्वारेन्टाइन सञ्चालन गरिने तयारी छ । ललितपुर महानगरका मेयर महर्जनले ललितपुर महानगरपालिकाभित्र क्वारेन्टाइन सञ्चालन अत्यावश्यक भएको बताए ।

उनले भने, ‘संक्रमितको उपचारमा आएका आफन्तलाई समेत क्वारेन्टाइन आवश्यक छ ।’ मेयर महर्जनले संक्रमण दोस्रो चरणमा प्रवेश गरेकाले यथाशीघ्र क्वारेन्टाइन स्थापना गर्नुपर्ने बताए । ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराईले क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन समितिले दिएको रिपोर्टअनुसार सञ्चालन गर्ने बताए ।