१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७६ चैत २० बिहीबार १३:१५:००
Read Time : < 1 मिनेट
समाचार

आजबाट सुर्खेतमै कोभिड– १९ को परीक्षण 

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७६ चैत २० बिहीबार १३:१५:००

कोरोना भाइरस (कोभिड– १९) को परीक्षण सुर्खेतको वीरेन्द्रनगरमा नै हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना जाँच गर्ने मेसिन र विशेषज्ञ पठाएसँगै आज (बिहीबार)बाट वीरेन्द्रनगर कालागाउँस्थित प्रदेश अस्पतालमा कोरोना परीक्षण हुने भएको हो ।

कर्णालीका सबै जिल्लाबाट बिरामीको नमुना संकलन गरी यहाँबाटै परीक्षण गरिने प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताए । ‘मेसिन जडान, प्रयोगशाला स्थापनालगायतका सबै तयारी पूरा गरिसकेका छौँ, आजदेखि थ्रोट स्वाबको परीक्षण सुरु हुँदैछ,’ उनले भने, ‘प्रयोगशालामा खटिने कर्मचारीलाई आवश्यक तालिम दिने काम पनि भइरहेको छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्णालीका लागि कोभिड– १९ को परीक्षण गर्ने आरटिपिसिआर मेसिनसँगै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत डा. रामकृष्ण श्रेष्ठलाई विशेषज्ञका रूपमा खटाएको छ । विशेषज्ञ डा. श्रेष्ठले एक साता सुर्खेतमै रहेर चिकित्सक तथा ल्याब कर्मचारीहरूलाई आवश्यक परामर्श दिनेछन् । एक दिनमा १० जनाको परीक्षण गर्न सकिने र एक घन्टाको अवधिमा एउटा नमुनाको नतिजा बाहिर आउने डा. खड्काले बताए । 

यसका लागि स्वास्थ्य मन्त्रालयले कर्णालीमा एक हजार किट पठाइसकेको छ । यसअघि कोरोना परीक्षणका लागि नमुना संकलन गरी काठमाडौं पठाउनुपर्ने बाध्यता थियो ।