१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका
२०७६ फाल्गुण १ बिहीबार ११:३३:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

बच्चालाई कति र कसरी खुवाउने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ फाल्गुण १ बिहीबार ११:३३:००

शिशु जन्मेदेखि ६ महिनासम्म सम्भव भएसम्म आमाको दूध नै खुवाउनुपर्छ । र, यो पर्याप्त हुन्छ । तर, ६ महिना पूरा भएपछि बच्चालाई आमाको दूधसँगसँगै अन्य पोषिलो खानेकुरा पनि खुवाउनुपर्छ ।  ६ महिनापछि थप खाना खुवाउँदा बच्चाको उमेर, रुचि, मात्रा, सरसफाइ, बाक्लोपना र सक्रियतालगायतका कुरामा पनि ख्याल गर्नुपर्छ । 

उमेरअनुसारको खाना 
६ देखि ९ महिनासम्म

  •  आमाको दूधसँगै दिनमा तीनपटक पोषिलो खाना खुवाउने
  •  खाना खुवाउँदा हतार नगर्ने 

९ देखि १२ महिनासम्म

  •  आमाको दूध र दिनमा तीनपटक खाना र एकपटक खाजा खुवाउने 
  •  खाजामा केरा, अन्डाजस्ता खानेकुरा पनि समावेश गर्ने 

१२ देखि २४ महिनासम्म

  •  आमाको दूध र दिनमा तीनपटक खाना र दुईपटक खाजा खुवाउने 
  •  खानामा अन्न वा कन्दमुल, गेडागुडी, तेलहन, गाई वा भैँसीको दूध, दुग्धजन्य अन्य पदार्थ, माछा–मासु, अन्डा, हरियो सागपात र फलफूल मिलाएर खुवाउनुपर्छ । 
  •  ठोस पदार्थमा गहुँ, कोदो, मकै, फापरबाट बनेको लिटो खुवाउने 
  •  जाउलोमा दाल, पालुंगो, काउली, गाँजर, आलु, सखरखण्ड, फर्सीजस्ता विभिन्न प्रकारका तरकारी मिसाउने फलफूलमा मिचेको केरा, खरबुजा, मेवा, स्याउ खुवाउने अन्डा, माछा–मासु खुवाउने ।