१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ २६ आइतबार १६:००:००
Read Time : > 1 मिनेट
समाचार

सम्पदा पुनर्निर्माणकाे ६० प्रतिशत काम सम्पन्न, बाँकी आगामी आवभित्र सक्ने लक्ष्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ २६ आइतबार १६:००:००

भूकम्पले क्षति बनाएका सम्पदाहरूको पूननिर्माणको काम ६० प्रतिशत सकिएको पुरातत्वको विभागले जनाएको छ ।आइतवार पत्रकार सम्मेलन गरी पुरातत्व विभाग र राष्ट्रिय पुनर्निर्माण प्राविधिकरणले सम्पदाहरूको पुनर्निर्माणमा भएको प्रगति विवरण सार्वजानिक गरेको हो । 

२०७२ साल बैशाख १२ मा गएको विनाशकारी भुकम्पले राजधानी उपत्यकासहित ३१ जिल्लामा रहेका ९ सय २० वटा सम्पदामा क्षति पुर्याएको थियो । त्यसमध्ये ४ सय वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको तथा १ सय ५० वटाको यही आर्थिक वर्षमा पुनर्निर्माण सम्पन्न हुने र बाँकीको आउँदो २ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने विभागले जनाएको छ ।

जसमध्ये पशुपति क्षेत्र विकास कोषले ६२ वटा, भारतीय अनुदानमा २८ वटा, एसियाली विकास बैंकले २० वटा, चीन सरकारले २ वटा, जापान सरकारले २ वटा, श्रीलंकन सरकारले २ वटा, यूनेस्कोले २ वटा र केभीपीटीले १५ वटा सम्पदा पुनर्निर्माण  गरेका छन् । 

सरकारले पुनर्निर्माण गर्ने ७ सय ३७ वटा सम्पदाका लागि ९ अर्ब १८ करोड ८७ लाख रुपैयाँमध्ये ३ अर्ब ६२ करोड ५ लाख रुपैयाँ खर्च हुन बाँकी रहेको जनाइएको छ ।

काठमाडौं उपत्यकाभित्रका १ सय २३ वटा सम्पदाको पुनर्निर्माण गर्न बाँकी रहेको छ । काठमाडौमा ६०, भक्तपुरमा २० र ललितपुरमा ४३ सम्पदाको पुनर्निर्माण गर्न बाँकी रहेको पुरातत्व विभागले जानकारी दिएको छ । 

पुरातात्विक महत्वका सामाग्री संग्रहालयमा राखिने 

पुरातत्व सम्पदाको पुनर्निर्माणमा प्रयोग नभएका पुरातात्विक महत्वका सामाग्रीलाई संग्रहालयमा राखिने भएको छ । पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले यस्तो जानकारी दिएका हुन् । उनले पुनर्निर्माणमा प्रयोग नभएका पुरातात्विक वस्तुहरुलाई संग्रहालयमा राख्न लागिएको बताए । 

उनले त्यसका लागि ललितपुरको पाटन दरबार क्षेत्रमा संग्रहालय निर्माण भइसकेको समेत जानकारी दिए ।

उनले नेपाल विश्व मानव सभ्यताको केन्द्र भएकाले यसबारे अध्ययन अनुसन्धान गर्नेले नेपालको संस्कृति, सभ्यता र पुरातात्विक सम्पदाको अध्ययन नगरी अनुसन्धान पुरा नहुने भएकाले पुनर्निर्माणमा प्रयोग नभएका पुरातात्विक वस्तुहरु संग्राहलयमा राख्न लागिएको बताए ।