१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ माघ १५ बुधबार ०७:३७:००
Read Time : < 1 मिनेट
अर्थ

सिर्जनशील लघुवित्त उपयुक्तमा गाभिँदै

Read Time : < 1 मिनेट
२०७६ माघ १५ बुधबार ०७:३७:००

सिराहाको गोलबजार नगरपालिका–७ चोहर्वास्थित सिर्जनशील लघुवित्त वित्तीय संस्था उपयुक्त लघुवित्तमा गाभिने भएको छ । संस्थाको चोहर्वास्थित केन्द्रीय कार्यालयमा मंगलबार आयोजित प्रथम साधारणसभाले नेपाल राष्ट्र बैंकको सैद्धान्तिक सहमतिका आधारमा गाभिने निर्णय गरेको छ । 

त्यस्तै संस्थाको अधिकृत पुँजी ५० करोड, जारी पुँजी २० करोड र चुक्ता पुँजी १४ करोड पुर्‍याउने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत बटुकशमशेर श्रेष्ठले बताए । साधारणसभाले आगामी चारवर्षे कार्यकालका लागि अध्यक्ष श्यामकुमार श्रेष्ठ र सदस्यहरू राजकुमार श्रेष्ठ, रेणुकाकुमारी श्रेष्ठ र निभा श्रेष्ठलाई सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ । कार्यक्रमका प्रमुख अतिथि सिराहा क्षेत्र नं. ३ का सांसद लीलानाथ श्रेष्ठले बैंक, वित्तीय संस्थाहरूको बढ्दो बजार प्रतिस्पर्धामा टिक्न संस्थालाई वित्तीय रूपले थप बलियो बनाउनुपर्ने बताए । 

‘त्यसका लागि भाका नाघेको ऋण असुली र सम्पत्ति तथा दायित्व मूल्यांकनका आधारमा मर्जर उपयुक्त हुन्छ,’ सांसद श्रेष्ठले भने, ‘लघुवित्त मर्जरले संस्थाको वित्तीय अवस्था बलियो हुनेसँगै कारोबारसमेत बढ्छ ।’ 

गैरसरकारी संस्थाका रूपमा रहेको सिर्जना सामुदायिक विकास केन्द्रले ०६० सालमा नेपाल राष्ट्र बैंकबाट वित्तीय मध्यस्थकर्ता ऐनबमोजिम इजाजत लिई लघुवित्त कारोबार गर्दै आइरहेको थियो । संस्थाले लघुवित्त सेवा दिन सिर्जनशील लघुवित्त वित्तीय संस्थामा स्थानान्तरण गरी १ चैत ०७५ देखि कारोबार गर्दै आएको प्रमुख कार्यकारी अधिृकत श्रेष्ठले बताए । 

पछिल्लो समय सिराहा, उदयपुर, महोत्तरी र सिन्धुलीका ३३ स्थानीय तहमा २० शाखा कार्यालयमार्फत लघुवित्तसम्बन्धी कारोबार गरिरहेको छ । संस्थामा एक हजार ९ सय ५५ केन्द्र र ११ हजार ५ सय ३० लघुवित्त समूह छन् ।