१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ मङ्सिर २५ बुधबार ०८:०९:००
Read Time : < 1 मिनेट
समाचार

चन्द्रनिगाहपुरमा पहिचान नखुलेको दुई शव फेला

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २५ बुधबार ०८:०९:००

चन्द्रनिगाहपुरमा पहिचान नखुलेको दुइजनाकाे शव फेला परेको छ । चन्द्रनिगाहपुरको मुनलाईट स्कुल अगाडि एक र चन्द्रनिगाहपुर बजारमा एकजनाको शव फेला परेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । 

सवारी साधनले ठक्कर दिएको अवस्थामा  ३०/३२ वर्षको पुरुषको शव चन्द्रनिगाहपुर बजारमा  फेला परेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कबित कटुवालले जानकारी दिए ।

मुनलाईट स्कुल अगाडि एकजना मागी खाने मान्छेको शव फेला परेको प्रहरीले बताएको छ । दुवै जनाको शव चन्द्रनिगाहपुर स्थित सरकारी अस्पतालमा राखिएको छ ।