१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर २४ मंगलबार ०९:३४:००
Read Time : > 2 मिनेट
सेयर बजार

बिमा र लघुवित्तलगायत १० समूह सकारात्मक हुँदा १३.५१ अंक बढ्यो नेप्से

Read Time : > 2 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर २४ मंगलबार ०९:३४:००

सोमबार नेप्से परिसूचक बढेर बन्द भएको छ । यस दिन १३ दशमलव ५१ अंक बढेर १ हजार १ सय ४८ दशमलव ८९ बिन्दुमा बन्द भएको छ । यस दिन कारोबार भएका १२ समूहको परिसूचकमा अन्य समूहका परिसूचक घटेको छन् भने म्युचुअल फन्डको मूल्य स्थिर रहेको छ । बाँकी समूह सकारात्मक हुँदा बजार बढ्न पुगेको हो । यस दिन निर्जीवन बिमा, लघुवित्त र व्यापार समूहका कम्पनीको सेयरमा लगानीकर्ता आकर्षित भएका छन् । आइतबारको कारोबारबाट बनेको बुलिस ह्याम्मर आकृतिले सोमबार बजार बढ्ने संकेत गरेको थियो । सोहीअनुसार यस दिन बजार बढेर बन्द भएको छ ।

 परिसूचकमा उतार–चढाव
१ हजार १ सय ३५ दशमलव ३७ बिन्दुबाट सुरु भएको परिसूचक दिनभरि बढेर १ हजार १ सय ५५ दशमलव शून्य ६ बिन्दुुसम्म पुग्न सफल भयो । तर, अन्त्यमा भने केही लगानीकर्ता सेयर बिक्री गर्न लागेपछि सो बिन्दुुभन्दा माथि परिसूचक जान सकेन । सोमबारको कारोबारबाट थोरै टुप्पी र थोरै पुच्छर भएको सेतो मैनबत्ती बनेको छ । यसले बजार बढ्ने संकेत गरेको छ । तर, लामो समयपछि बढेको बजारमा लगानीकर्ताले नाफा बुक गर्न लागे भने करेक्सन हुनसक्छ । सोमबारको बजारमा बिमा र लघुवित्तले धेरै बढाएकाले पनि बजार टिकाउ भने देखिँदैन । 

कारोबारको सुरुबाटै बढेको परिसूचकमा कारोबार रकमले पनि साथ दिएको छ । नेप्सेसँगै कारोबार रकम बढ्नाले बजार थप लागानी भित्रिएको बुझिन्छ । यस दिन सेन्सेटिभ इन्डेक्स २ दशमलव ६५ अंक बढेर २ सय ५३ दशमलव १७ बिन्दुमा बन्द भएको छ । यस दिन कुल १ सय ७३ कम्पनीको सेयर किनबेचमा १ सय ४५ वटाको मूल्य बढेको छ भने १७ वटाको घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । नेप्सेको एडी (एड्भान्स डिक्लाइन) अनुपात ८ दशमलव ५२ प्रतिशतका आधारमा हेर्दा यस दिन बजार बुलिस प्रवृत्तिमा देखिएको छ ।

१४ दिने आरएसआई इन्डेक्सको ६६ दशमलव ९५ स्केलमा नेप्से रहेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सामान्य रहेको संकेत गर्छ । 
सोमबार नेप्सेको उच्च, न्यूनतम र बन्द बिन्दुबाट निकालिएको पिभट बिन्दु १ हजार १ सय ४७ दशमलव ३४ छ । यस दिनको बजार बन्द बिन्दु १ हजार १ सय ५४ दशमलव ०९ छ । बजार पिभट बिन्दुभन्दा माथि रहेकाले मंगलबार परिसूचक बढ्ने संकेत गर्दछ । सोमबारको बन्द बिन्दुबाट घटेमा १ हजार १ सय ३९ दशमलव ६३ बिन्दुमा पहिलो टेवा पाउने र बढेमा १ हजार १ सय ६१ दशमलव ८१ बिन्दुमा पहिलो प्रतिरोध पाउने देखिन्छ । 

 लघुवित्तका पाँच कम्पनीमा सकारात्मक सर्किट
सोमबार लागानीकर्ता लघुवित्त बिमा र व्यापार समूहका कम्पनीमा आकर्षित भएको देखिन्छ । पाँच लघुवित्त कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । नाडेप, नेपाल सेवा लघुवित्तको सेयर मूल्य १० प्रतिशत बढेको छ भने समिट लघुवित्त, समता माइक्रोफाइनान्स, मिथिला लघुवित्तको सेयरमा पनि सकारात्मक सर्किट लागेको छ । बिनालाभांश साधारणसभा बोलाएको अरुण कावेली पावरको सेयर मूल्य पनि सर्किट लागेको छ । सर्वाधिक सेयर मूल्य बढ्नेमा बिमा र लघुवित्त परेका छन् । म्युचुअल फन्ड र केही जलविद्युत् कम्पनीको सेयर मूल्य घटेको छ । 

 नेपाल बैंकको सर्वाधिक कारोबार
यस दिन कारोबार भएका १० उपसमूहको परिसूचक बढेको छ । अन्य समूहको शून्य दशमलव ११ प्रतिशत बढेको छ भने म्युचुअल फन्डको स्थिर रहेको छ । निर्जीवन बिमाको ३ दशमलव ८१, व्यापारको ३ दशमलव ६१ र लघुवित्तको ३ दशमलव २३ प्रतिशतले परिसूचक बढेको छ । बैंकिङ, विकासको भने १ प्रतिशतभन्दा कमले बढेको छ ।  यस दिन नेपाल बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको २ करोड २८ लाखभन्दा बढीको सेयर कारोबार भएको छ । दोस्रोमा एनएमबी बैंकको १ करोड ८६ लाखभन्दा बढीको सेयर कारोबार भएको छ ।