१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ असोज ४ शनिबार ०९:०२:००
Read Time : < 1 मिनेट
सप्तरंग

आलिया र  रणवीरलाई  आइफा अवार्ड

Read Time : < 1 मिनेट
२०७६ असोज ४ शनिबार ०९:०२:००

फिल्म ‘राजी’ले इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड प्राप्त गरेको छ । राजीमा अभिनय गरेकी अभिनेत्री आलिया भट्टलाई सर्वश्रेष्ठ अभिनेत्रीका रूपमा अवार्ड प्रदान गरिएको छ । फिल्म ‘पद्मावत’मा अभिनय गरेबापत अभिनेता रणवीर सिंहलाई सर्वश्रेष्ठ अभिनेताको अवार्ड प्रदान गरिएको छ । फिल्म ‘धडकन’का लागि ईशान खट्टर र ‘केदारनाथ’का लागि सारा अली खानलाई बेस्ट डेब्यु अवार्ड प्रदान गरिएको छ । ‘अन्धाधुन’का लागि श्रीराम राघवनलाई सर्वश्रेष्ठ निर्देशकको अवार्ड प्रदान गरिएको छ । 

एकेडेमी अवार्डको यो २०औँ संस्करण हो । अवार्ड कार्यक्रम मुम्बईमा आयोजना गरिएको थियो । अर्जुन कपुर र आयुष्मान खुरानाले अवार्ड कार्यक्रम होस्ट गरेका थिए । कार्यक्रममा सलमान खान, रणवीर सिंह, बिक्की कौशल, माधुरी दीक्षित, क्याट्रिना कैफ, सारा अली खानले प्रस्तुति दिएका थिए ।