मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १३ मंगलबार
  • Tuesday, 29 September, 2026
शिवहरि घिमिरे काठमाडाैं
२o८३ असोज १३ मंगलबार o७:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

१३ दिनदेखि नेसनल मेडिकल कलेजका विद्यार्थी आन्दोलनमा 

५५ आवासीय चिकित्सकलाई हटाउन खोज्दै छ प्रशासन

Read Time : < 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८३ असोज १३ मंगलबार o७:४४:oo

वीरगन्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका आवासीय चिकित्सकहरू १३ दिनदेखि आन्दोलनमा छन् । अस्पतालले विनाकारण कारबाही गरेको र होस्टलबाट समेत निकाल्न खोजेपछि उनीहरू आन्दोलित भएका हुन् । 

सुरुमा १२ घन्टे अल्टिमेटम दिएको अस्पताल चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को  निर्देशनपछि तत्काल पछि हटे पनि उनीहरूलाई अस्पतालबाटै निकाल्न खोजेको छ । अस्पताल प्रशासनले आवासीय चिकित्सकलाई अस्पताल प्रवेशमै रोक लगाउनुका साथै कुनै पनि सेवा सुविधा नदिने बताउँदै आएको छ । अस्पतालले हरेक विद्यार्थीलाई फोन गर्दै हट्नसमेत दबाब दिने गरेको पीडित चिकित्सकहरूको गुनासो छ । 

‘हामी प्रक्रियाबाटै यो मेडिकल कलेजमा पढ्न आएका हौँ, त्यसै आएका होइनौँ । तर, अस्पतालले गरेको व्यवहार न्यायोचित छँदै छैन । न त निर्वाह भत्ता नै पूरा दिएको छ न अन्य पढ्ने वातावरण नै,’ एक आवासीय चिकित्सकले भने, ‘५/६ महिना पढेपछि अब बिचमा निस्किएर कहाँ जानु ? अस्पतालले जे मन लाग्यो त्यही गर्न पाउँदैन, अझ हरेक विद्यार्थीलाई फोन गरेर हट्न भनिरहेको छ ।’ 

हाल मेडिकल शिक्षाको स्नातकोत्तर प्रथम वर्षमा ५५ आवासीय चिकित्सक अध्ययनरत छन् । अस्पतालले उनीहरूलाई हटाउन खोजेको छ । सातजनाविरुद्ध त जिल्ला अदालतमा मानहानीको मुद्दा दायर गरेको छ । 

अस्पतालका प्रवक्ता प्रदीप अधिकारी डिन कार्यालयले उक्त विवादको छिनोफानो निकाल्ने बताउँछन् । ‘आवासीय चिकित्सकको सबै विषय डिन कार्यालयमा पुगिसकेको छ, त्यसबारेमा बाँकी थप निर्णय गर्ने भनेको अब डिन कार्यालयले नै हो,’ उनले भने, ‘हामीसँग सहमति भएको छैन, ७ जनाविरुद्धको मुद्दा कायमै छ, उहाँहरू विद्यार्थीको रूपमा भर्ना हुनुअघिकै मुद्दा थियो त्यो ।’ कलेजको विषय बाहिर लगेको आरोप लगाउँदै अस्पतालले आवासीय चिकित्सकमाथि कारबाही थालेको थियो । 

↑