मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १३ मंगलबार
  • Tuesday, 29 September, 2026
२o८३ असोज १३ मंगलबार o७:३६:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नागोयामा १४औँ सागको बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ असोज १३ मंगलबार o७:३६:oo

ओलम्पिक काउन्सिल एसिया (ओसिए) र दक्षिण एसियाली खेलकुद महासंघ (साग)का प्रतिनिधि अहिले नागोयामा छन् । ओसिएको रेखदेखमै जापानले २०औँ संस्करणको एसियाड आयोजना गरिरहेको छ ।

सागका पदाधिकारी पनि विभिन्न भूमिकामा छन् । सागका सबै राष्ट्रिय ओलम्पिक कमिटीका पदाधिकारीले एकै स्थानमा विभिन्न भूमिका निर्वाह गरिरहेका छन् । सबै पदाधिकारी एकै थलोमा रहँदा आसन्न १४औँ दक्षिण एसियाली खेलकुद (साग)को तयारीबारे समन्वय समिति बैठक सोमबार बसेको छ ।

पाकिस्तानमा आगामी चैतमा हुने १४औँ सागको तयारीबारे समन्वय समिति बैठक नागोयामा सकिएको बैठकको अध्यक्षता गरेका तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बताए । उनी साग समन्वय समितिका प्रमुख पनि हुन् । बैठकमा दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) तथा पाकिस्तान ओलम्पिक कमिटीका महासचिव मुहम्मद खालिद महमुदले आफूहरूको तयारीबारे पदाधिकारीलाई जानकारी दिए । 

पाकिस्तानले २०२७ को ३ देखि ११ अप्रिलसम्म साग आयोजना गर्ने खालिदले बताए । अध्यक्ष श्रेष्ठले सागलाई नियमित चक्रअनुसार हुनुपर्ने धारणा राखे । बैठकमा तयारीको समयसीमा, खेलाडी तथा टोलीको प्रवेशसम्बन्धी अन्तिम मिति र ‘सेफ द मिसन’जस्ता विषयमा छलफल भएको थियो । 

↑