Skip This
अमेरिकी सेनालाई ठुलो क्षति पुर्‍याउने इरानको चेतावनी
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १२ सोमबार
  • Monday, 28 September, 2026
एजेन्सी तेहरान
२o८३ असोज १२ सोमबार १o:५७:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

अमेरिकी सेनालाई ठुलो क्षति पुर्‍याउने इरानको चेतावनी

Read Time : < 1 मिनेट
एजेन्सी, तेहरान
नयाँ पत्रिका
२o८३ असोज १२ सोमबार १o:५७:oo

 इरानको सशस्त्र बलका प्रवक्ता मोहम्मद अक्रामिनियाले इरान अमेरिकासँगको मुठभेडका लागि तयार रहेको बताएका छन् । अमेरिकाले इरानमाथि आक्रमण गरेमा उसले अमेरिकी सेनालाई अझ ठुलो क्षति पुर्‍याउने उनले चेतावनी दिए । प्रवक्ता अक्रामिनियाको यो भनाइ सातदिने शान्ति र हर्मुज जलसन्धि पुनः सञ्चालन गर्ने मार्गचित्रसम्बन्धी इरानको प्रस्तावलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वीकार गरेपछि आएको हो ।

यसअघि ट्रम्पले युद्ध अन्त्य गर्ने, हर्मुज जलसन्धि पुनः सञ्चालनमा ल्याउने र आणविक वार्ता पुनः सुरु गर्ने विषयमा इरानले अघि सारेको सात–दिने कार्ययोजनाको प्रस्तावलाई ठाडै अस्वीकार गरेका थिए । इरानका विदेशमन्त्री अब्बास अराघचीले होर्मुज जलसन्धि एक साताभित्रै पुनः सञ्चालनमा ल्याउन अघि सारेको कार्ययोजनाको प्रस्तावलाई ट्रम्पले अस्वीकार गरेका थिए । न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै अराघचीले ‘आवश्यक सर्तहरू पूरा भएमा’ युद्धविराम सम्भव हुने बताएका थिए ।

यसैबिच, इरानी सेनाका कमान्डर–इन–चिफ अमिर हातामीले युद्ध निकै संवेदनशील र निर्णायक चरणमा रहेको बताए । विदेशी शक्तिहरूले यस क्षेत्रको रणनीतिक जलमार्ग प्रयोग गरिरहँदा आफूहरूले स्वतन्त्र रूपमा व्यापार गर्न र बाँच्न नपाउने कुनै पनि सर्तलाई इरानले स्वीकार नगर्ने उनले बताए । 

‘यदि इरानले व्यापार गर्न सकेन वा बाँच्न सकेन भने, अरू कसैले पनि व्यापार गर्न वा बाँच्न सक्ने छैनन् । होर्मुज जलसन्धि हाम्रो मर्यादा र सम्मानको प्रतीक हो । इरानी जनता अभावमा रहिरहँदा देशका शत्रुहरूलाई यो महŒवपूर्ण रणनीतिक मार्ग प्रयोग गर्न दिइनेछैन,’ उनले भने ।

इरानका सशस्त्र बलका ब्रिगेडियर जनरल अबोलफजल सेकार्चीले इरानका क्षेप्यास्त्र र ड्रोनहरू अझ उन्नत तथा शक्तिशाली बनेको र कुनै पनि नयाँ आक्रमणको सामना गर्न आफूहरूसँग ‘आश्चर्यजनक तयारी’ रहेको बताएका छन् । उनले परम्परागत युद्धमा धेरै किसिमका जोखिम वा कमजोरी हुने कुरामा जोड दिए ।

↑