२०औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)मा भारतका एथलेटिक्स खेलाडीहरू रमाइरहेका छन् । जापानको आइची र नागोयामा चलिरहेको एसियाडमा भारतीय एथलेटिक्स खेलाडी आइतबार पाँच पदक जित्न सफल भएका छन् । एसियाडमा भारतले एकै दिन पहिलोपटक एथलेटिक्समा सर्वाधिक पदक जितेको हो ।
स्क्वासमा अन्ची सोजान र सर्भेस कसेरले रजत हात पारे । पारुल चौधरी, तेजेश्वरी शंकर र हरिता भान्द्राले पदक जितेका छन् । भारतका बक्सर प्रवीण होडा, अंकुश पाघाल तथा नरेन्द्र वेर्वाल सेमिफाइनल पुगेका छन् । भारतले आइतबार सबैभन्दा खराब नतिजा व्यहोरेको ब्याडमिन्टनमा हो । जहाँ पिभी सिन्धु, उन्नति होडा, त्रिशा यायत्री तथा तनिशा पदकविहीन बने । यस विधामा उनीहरूलाई सम्भावित पदक दाबेदार खेलाडीका रूपमा राखिएको थियो ।
एथलेटिक्समा पाँच पदक
सर्वेश कुमारले लङजम्पमा २.२५ मिटर जम्प लगाउँदै स्वर्ण हात पारे । यसैगरी, महिलाको लङजम्पमा एसी सोजनले ६.५३ मिटर जम्प गरी रजत जितिन् । पाउल चौधरीले महिला तीन हजार मिटर स्टेपल चेजमा व्यक्तिगत रेकर्ड सुधार गरी कांस्य जितिन् । उनले ९ मिनेट ८ः६७ सेकेन्डमा दौड पूरा गरेकी हुन् । सन् २०२२ मा चीनको हाङझाउमा भएको एसियाडमा उनले रजत जितेकी थिइन् । यसपटक जापानमा व्यक्तिगत रेकर्ड सुधार गरे पनि पाउल कांस्यमै सीमित भइन् ।
यस विधामा बहराइनकी याभीले ९ मिनेट ४:३६ सेकेन्डका साथ स्वर्ण जितिन् । यसैगरी तेजेश्वरीले १५ सय मिटर दौडमा कांस्य हात पारिन् । उनले चार मिनेट ३३:०९ सेकेन्डमा दौड पूरा गर्दै भारतलाई कांस्य दिलाएकी हुन् । यस विधामा जापानकी युमा मारुयामाले स्वर्ण हात पारिन् । हरिताले दुई सय मिटर दौडमा २३:२० सेकेन्ड निकाली रजत जितेकी छिन् । जापानकी इडोलाई हरिताले ०.०१ सेकेन्डले पछि पारेकी थिइन् । सिंगापुरकी शान्ति पेरेराले २२.७८ सेकेन्डमा स्वर्ण जितिन् ।
स्क्वासमा दुई रजत
भारतलाई आइतबार स्क्वासमा दुई रजत प्राप्त भयो । अनाहात सिंह र अभय सिंहले ऐतिहासिक रूपमा भारतलाई यस विधामा रजत दिलाएका हुन् । महिला एकल फाइनलमा अनाहतले फाइनलमा विश्वकै पाँचौँ वरीयताका खेलाडी सिभासागरीबाट ११–४, ११–४ र ११–७ को स्कोरमा खेल गुमाइन् । यसैगरी, विश्वको १७औँ वरीयतामा रहेकी युआउले अभायलाई ११–९, ११–५ र ११–५ ले पाखा लगाइन् । एसियन खेलकुद प्रतियोगितामा अनाहात पहिलो भारतीय खेलाडीकी रूपमा फाइनल पुगेकी हुन् । यस नजिताले उनी सन् २०२८ मा लस एन्जलसमा हुने ओलम्पिक खेलकुद प्रतियोगिताका लागि छनोट भएकी छिन् ।
नेपाली खेलाडी टेनिसको दोस्रो चरण
पुरुष टेनिस डबल्समा नेपाली खेलाडी दोस्रो चरणमा पुगेका छन् । अभिषेक बास्तोला र प्रदीप खड्काको जोडीले मंगोलियाको टोलीलाई ६–२, ४–६ र १४–१२ को स्कोरमा हराउदै दोस्रो चरण स्थान पक्का गरेका हुन् । महिला एकलमा स्वस्तिका विष्टलाई जापानका खेलाडीले २–० को सेटमा हराइन् । मिक्स डबल्सको पहिलो चरणमा सिवाली गुरुङ र प्रदीप खड्काको जोडी जापानका खेलाडीबाट २–० को सेटमा पराजित भए । महिला एकलमा सिवालीमाथि कोरियाका खेलाडीले सहज सेटमा जित निकालिन् ।
आठ सय मिटर दौडमा कुमालको राष्ट्रिय रेकर्ड
२०औँ एसियाडमा नेपाली खेलाडीले आइतबार निराशजनक प्रदर्शन गरेका छन् । यद्यपि, आठ सय मिटर पुरुष दौडमा सोम कुमालले नयाँ राष्ट्रिय रेकर्ड बनाएका छन् । उनले एक मिनेट ४८ः९५ सेकेन्डमा दौड पूरा गरी रेकर्ड राखेका हुन् । यसअघि उनकै नाममा एक मिनेट ४९ः५५ सेकेन्डको राष्ट्रिय रेकर्ड थियो । उनी हिट चरणमा सातमध्ये पाँचौँ स्थानमा रहे ।
आर्चरीमा नेपाल युएईसँग पराजित
आर्चरी विधामा नेपालका खेलाडी युएईसँग पराजित भएका छन् । मिक्स इलिमेसनमा नेपाल युएईबाट ६–२ ले पराजित भएका हुन् । नेपालबाट ज्ञानु अवाले र तिलक पुनमगरले प्रतिस्पर्धा गरेका थिए ।