Skip This
उत्तर प्रदेशमा बाढीपहिरोबाट ५६ जनाको मृत्यु
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १२ सोमबार
  • Monday, 28 September, 2026
एजेन्सी उत्तर प्रदेश
२o८३ असोज १२ सोमबार ११:५o:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

उत्तर प्रदेशमा बाढीपहिरोबाट ५६ जनाको मृत्यु

Read Time : > 1 मिनेट
एजेन्सी, उत्तर प्रदेश
नयाँ पत्रिका
२o८३ असोज १२ सोमबार ११:५o:oo

 भारतको उत्तर प्रदेश राज्यमा लगातार परेको वर्षापछिको बाढी पहिरोका कारण कम्तीमा ५६ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा ४६ जना घाइते भएका छन् । लगातार ६० घण्टासम्म परेको वर्षाका कारण १०७ वटा पशुचौपाया मरेका छन् भने एक हजार २१ घरमा क्षति पुगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बाढीका कारण मुख्य राजमार्गहरू बन्द हुनुका साथै विद्युत् सेवामा अवरोध आएको छ । प्रभावित क्षेत्रमध्ये पहाडी भेगमा पहिरो र समथर क्षेत्र डुबानमा परेको छ । विभिन्न जिल्लाबाट मृत्युका घटना सार्वजनिक भएका छन्, जसमा सीतापुरमा सबैभन्दा बढी सातजनाको मृत्यु भएको छ भने लखिमपुर खेरी, बहराइच र बलरामपुरमा पाँच–पाँचजनाको मृत्यु भएको छ । त्यस्तै, अयोध्या र गोरखपुरमा चार–चारजनाको मृत्यु भएको छ । अन्य स्थानमा पनि मृत्यु भएको छ ।

मौसमसम्बन्धी तथ्यांकअनुसार शनिबार बिहानसम्मको २१ घण्टाको अवधिमा लखनउमा १२५.८ मिलिमिटर वर्षा मापन गरिएको थियो । फरुखाबादमा २०० मिलिलिटर वर्षा भयो भने कानपुर नगरमा १६० तथा कन्नौज, कानपुर देहात र हरदोईमा सामान्यभन्दा १३० मिलिमिटर वर्षा रेकर्ड गरियो ।

भारतको मौसम विज्ञान विभाग (आइएमडी)ले शनिबार पूर्वी उत्तर प्रदेशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरेको थियो भने आइतबार पनि विभिन्न ठाउँमा वर्षा र चट्याङसहितको वर्षाको सम्भावना जनाएको थियो । उत्तर–पूर्वी मध्य प्रदेश र त्यससँग जोडिएको उत्तर छत्तीसगढमा बनेको न्यून चापीय प्रणाली (डिप्रेसन) उत्तर–उत्तरपश्चिम हुँदै दक्षिण–पूर्वी उत्तर प्रदेशतर्फ अघि बढिरहेको थियो । शनिबार बिहान ५ः३० बजे यो प्रणाली प्रयागराजबाट करिब २३० किलोमिटर दक्षिणमा केन्द्रित थियो । मौसम विभागले आगामी २४ घण्टाभित्र युपीका केही जलाधार क्षेत्रहरूमा आकस्मिक बाढीको हल्कादेखि मध्यम जोखिम देखाएको छ । भारी वर्षाका कारण विभिन्न क्षेत्रमा जलमग्नता र यातायात अवरोध सिर्जना भएको छ । रातभर वर्षा जारी रहँदा होचा भूभागमा बसोवास गर्ने बासिन्दा डुबानको समस्यामा परेका छन् । 

↑