Skip This
नारायणी पुलमा सवारीसाधन सञ्चालनमा रोक
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज ११ आइतबार
  • Sunday, 27 September, 2026
२o८३ असोज ११ आइतबार १३:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नारायणी पुलमा सवारीसाधन सञ्चालनमा रोक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ असोज ११ आइतबार १३:५८:oo

नारायणी नदीमा पानीको बहाब अत्यधिक बढेपछि नारायणी नदी पुलमा अस्थायी रूपमा सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।

नवलपुर प्रहरीले जनाएअनुसार नारायणी नदीको बहाब बढेको र अझै बढ्ने क्रम जारी रहेकाले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नारायणी पुलमा सवारीसाधन तथा आवतजावतमा समेत प्रतिबन्ध लगाइएको हो।

नारायणी नदीमा निरन्तर पानीको सतह बढिरहेको छ। नदीमा पानीको तह उच्च स्तरमा पुगेको छ।

यता, कालीगण्डकी नदीको पानी कालीगण्डकी करिडोरको सडकसम्म आएपछि कालीगण्डकी करिडोरमा पनि सवारी सञ्चालनमा रोक लगाइएको छ।

↑