Skip This
नेपाललाई दुई स्वर्णसहित ६ पदक
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १२ सोमबार
  • Monday, 28 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १२ सोमबार १o:५९:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाललाई दुई स्वर्णसहित ६ पदक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १२ सोमबार १o:५९:oo

जापानको योकोहामामा भएको ११औँ सितोरियो कराँते डो अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण, एक रजत र तीन कांस्य गरी ६ पदक जितेको छ । नेपालले व्यक्तिगत स्पर्धामा चार र टिम स्पर्धामा दुई गरी ६ पदक जितेको हो । महिला ६८ केजीमाथि एरिका गुरुङ र पुरुष ६० केजीमुनि राकेश मानन्धरले नेपाललाई स्वर्ण दिलाए ।

एरिका र राकेशले २०औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाएका थिए । उनीहरू एसियाडमा पदकविहीन भए । एसियाडको सहभागितासँगै नेपाली कराँते टोलीले योकोहामामा प्रतिस्पर्धा गरेको हो । यसैगरी महिला ६८ केजीमुनिमा निरूपा दोङ तामाङले रजत तथा पुरुष ६७ केजीमुनि मीनबहादुर तामाङले कांस्य जिते । दोहोरो पदक जितेका एरिका र निरूपाले महिला टिम कुमुते पनि कांस्य हात पारे । 

↑