मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १ बिहीबार
  • Thursday, 17 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १ बिहीबार २o:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

अध्यागमन कार्यालयका पाँच कर्मचारी विभाग तानिए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १ बिहीबार २o:o८:oo

त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत पाँच कर्मचारीलाई अध्यागमन विभागले जिम्मेवारीबाट हटाएको छ। उनीहरूको गतिविधि शंकास्पद देखिएपछि विभागमा तानिएको स्रोत बताउँछ। 

अधिकृतहरू भूपेन्द्र थापा, रूपेश विश्वकर्मा, लक्ष्मणसिंह राठौर, काशीप्रसाद पंगेनी र कम्प्युटर अपरेटर विजय यादवलाई जिम्मेवारीबाट हटाइएको हो। उनीहरू भिजिट भिसाको गिरोहसँग मिलेको आशंका गरिएको छ। उनीहरूमाथि छानबिन चलिरहेको विभागका एक अधिकारीले बताए।

गत वर्ष कात्तिकदेखि विदेश जाने नेपालीलाई शंकाको भरमा रोक्न बन्द गरिएको छ। यससँगै भिजिट भिसाको असुली धन्दा पनि बन्द भएको छ। बिचौलिया र केही कर्मचारीहरू सबैलाई खुला रूपमा जान दिन नहुने भन्दै पुरानै मापदण्ड ब्युँताउन सक्रिय भइरहेका छन्।