अकुत आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा ललितपुरको गोदावरी नगरपालिकाका करारका इन्जिनियर सुवास विष्टले सफाइ पाएका छन्। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनीहरूलाई सफाइ दिएको हो।
विष्टले एक करोड ९७ लाख १० हजार सम्पत्ति अकुत आर्जन गरेको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २७ माघमा मुद्दा दायर गरेको थियो। जाँच अवधिमा प्रतिवादीले अख्तियारले दाबी गरेभन्दा धेरै आय गरेको भन्दै सफाइ दिएको हो। आयोगका उनका बुबा सुदर्शन विष्टलाई पनि सम्पत्ति जफतको प्रयोजनलाई प्रतिवादी बनाएकामा उनले पनि सफाइ पाएका छन्।