पाँच लाखको चेक बाउन्स मुद्दामा फरार गाउँपालिका अध्यक्ष सिंहदरबारबाट समातिए

सोमबार, २९ भदौ, २०८३
डिजिटल संस्करण

चेक बाउन्स मुद्दामा फरार रहेका नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरवल लामालाई प्रहरीले मंगलबार अदालतमा पेस गर्ने भएको छ। सोमबार पनि पेस गरेकोमा बयान नभ्याएपछि उनलाई हिरासतमै राखिएको छ। 

सोमबार प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गरेर निस्किएलगत्तै उनी पक्राउ परेका हुन्। प्रधानमन्त्रीले बाढी प्रभावित स्थानीय तहका प्रमुखहरूसँग संयुक्त छलफल गरेका थिए। 
पाँच लाख चेक बाउन्सको मुद्दामा अध्यक्ष तामाङ फरार थिए। सोही सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । दरबारमार्ग वृत्तमा पाँच लाखको चेक बाउन्स मुद्दा रहेको र अन्य प्रहरी कार्यालयमा पनि ठगी र चेक बाउन्सका मुद्दा उनीविरुद्ध रहेको प्रहरी स्रोत बताउँछ। 

उनी एमालेका उम्मेदवारका रूपमा गाउँपालिका अध्यक्षमा निर्वाचन भएका हुन्। 

सुझावित समाचार