मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १७ बुधबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ भदौ १७ बुधबार १४:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘सरकार सामाजिक सञ्जालमा अल्झियो, समयमै समुदायमा पुगेन’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ भदौ १७ बुधबार १४:५o:oo

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकार बाढी प्रभावितको खोज, उद्धार र राहतमा खटिनुको साटो सामाजिक सञ्जालमा अल्झिएको आरोप लगाएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै आङ्देम्बेले भने, ‘स्थलगत अवलोकन र उद्धारको पर्खाइमा पीडित परिवारका क्रन्दन सुनेपछि आज यो सदनमा भन्न बाध्य भएको छु– सरकार सामाजिक सञ्जालमा अल्झियो। जोखिम समुदायमा समयमा पुगेन।’ 

समयमा स्थानीय सरकार, विषयविज्ञसँग समन्वय नगरेको सरकारले सात दिन बितेपछि हात उठाएको उल्लेख गर्दै उनले भने, ‘यो कस्तो संवेदनशीलता र जिम्मेवारी हो ? यो असंवेदनशीलता र ढिलाइका कारण ती सुरुङभित्र भएको मृत्यु मृत्यु हो कि हत्या सभामुख महोदय ?’

बारम्बार ध्यानाकर्षण गराउँदा पनि सरकार चुकेको भन्दै आङ्देम्बेले यसको जिम्मा सरकारले लिनुपर्ने तर्क गरे। ‘यो मैले भनेको होइन सभामुख महोदय। आफन्त खोजेका परिवारले भनेका थिए। तर, उनीहरूमाथि गालीगलौज, धम्की र अपशब्द प्रयोग भए। म सरकार र सत्तासीन साथीलाई सोध्न चाहन्छु । संकटमा परेको नागरिकको आवाज सुन्ने कि दबाउने ? नागरिकलाई आश्वस्त पार्ने कि थप आतंकित बनाउने ?’ उनले प्रश्न गरे।