मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १७ बुधबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ भदौ १७ बुधबार १४:३१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

यती पेन्ट्सद्वारा भोटेकोशी बाढीपीडितलाई ११ लाख ११ हजार सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ भदौ १७ बुधबार १४:३१:oo

रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि यती पेन्ट्स नेपालले ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ। यति पेन्ट्सले प्रधानन्त्री दैवीप्रकोप उद्धार कोषमा सो रकम जम्मा गरेको हो।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँलगायतका जिल्लामा ठुलो मानवीय तथा भौतिक क्षति भएपछि प्रभावित नागरिक र समुदायको सहयोगका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरिएको कम्पनीका अध्यक्ष झलकबहादुर केसीले जानकारी दिए।

प्राकृतिक विपत्तिका कारण प्रभावित क्षेत्रका नागरिकको राहत तथा पुनर्स्थापनाका लागि आर्थिक सहयोग गरिएको अध्यक्ष केसीको भनाइ छ। कम्पनीले विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।