मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबिच व्यावसायिक कर्जा लगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र महासंघको तर्फबाट अध्यक्ष माधवप्रसाद नेपालले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार महासंघमा आबद्ध सदस्यहरूले ढुवानीका लागि आवश्यक पर्ने गाडी खरिद गर्न र सोसम्बन्धी व्यवसाय सञ्चालनका लागि मुक्तिनाथ विकास बैंकको १७६ वटै शाखा कार्यालयबाट आकर्षक सहुलियत ब्याजदरमा कर्जा सुविधा पाउनेछन्।
यस सहकार्यबाट ढुवानी व्यवसायीहरूले आफ्नो सेवा विस्तारका लागि सहज रूपमा वित्तीय सेवा प्राप्त गर्न सक्ने तथा व्यवसाय विस्तारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै बैंकले हाल अटो कर्जा, कृषि र एसएमई कर्जामा समेत न्यूनतम ब्याजदरमा कर्जा प्रवाह गर्ने विशेष अफर ल्याएको छ।