युनिक नेपाल लघुवित्तको चौथो विशेष साधारणसभा सम्पन्न भएको छ । सभा १४ भदौमा संस्थाको केन्द्रीय कार्यालय कोहलपुर, बाँकेमा सम्पन्न भएको हो । सभाले युनिक नेपाल लघुवित्त, जीवन विकास लघुवित्त र मानुषी लघुवित्तबिच मर्जरसम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ ।
योसँगै यी तीन संस्थाबिच मर्जरको सुनिश्चित भएको छ । साथै, मर्जरसम्बन्धी थप कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतको निर्णय पनि पारित भएको छ । सभामा संस्थापक तथा सर्वसाधारण सेयरधनीको भौतिक एवं भर्चुअल सहभागिता थियो । सञ्चालक समितिका अध्यक्ष शिवबहादुर चौधरीको अध्यक्षतामा सम्पन्न सभाबाट मर्जरपछि संस्थाको वित्तीय तथा संस्थागत क्षमता थप सुदृढ हुने अपेक्षा गरिएको छ ।