मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १६ मंगलबार
  • Tuesday, 01 September, 2026
तस्बिर: संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८३ भदौ १६ मंगलबार १७:२८:oo
Read Time : < 1 मिनेट
समाचार

भोटेकोशी बाढीः ८० शवको गोकर्णेश्वरको जंगलमा अस्थायी व्यवस्थापन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ भदौ १६ मंगलबार १७:२८:oo

भोटेकोशी बाढीमा विभिन्न ठाउँबाट संकलन गरिएका ८० शवको काठमाडौंको गोकर्णेश्वरस्थित जंगलमा व्यवस्थापन सुरु भएको छ। सनाखत नभएका शवको खाल्डो खनेर ‘एयरटाइट’ प्लास्टिकभित्र राखेर शवको अस्थायी व्यवस्थापन गर्न थालएको हो। 

ती शवबाट डिएनएन परीक्षणका लागि नमुना लिइएको र परिवारका सदस्यसँग म्याच भएमा निकालेर दिइने प्रहरी प्रवक्ता डिआइजी अबिनारायण काफ्लेले बताए। शव राख्ने ठाउँ नभएको र गन्हाउनसमेत थालेपछि सरकारले यससम्बन्धी कार्यविधि बनाएर अस्थायी व्यवस्थापन गर्न थालेको हो। त्रिवि शिक्षण अस्पतालमा शव राखिँदै आएकामा ठाउँ भरिएपछि अस्थायी व्यवस्थापन गर्न थालिएको हो। 

बाढीमा परेका एक हजार ५८ शव भेटिएकामा ५८ जनाको मात्र सनाखत र हस्तान्तरण गरिएको छ। करिब सात सय शवको जमिनमुनि अस्थायी व्यवस्थापन गरिएको छ।