मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २९ शुक्रबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण २९ शुक्रबार १९:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गगन भाइलाई सभापति भन्न पटक्कै मन छैन : नेता सिटौला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण २९ शुक्रबार १९:५३:oo

नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले गगन थापालाई आफूले पार्टी सभापति स्वीकार गर्न नसक्ने बताएका छन्।

काठमाडौंमा जारी संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा नेता सिटौलाले विशेष महाधिवेशन अवैधानिक रहेको भन्दै थापालाई सभापति मान्न नसकिने तर्क गरे।

‘हाम्रो युवा नेता हुन् गगन भाइ। भाइ भन्दा अन्यथा नहोला। सभापति भन्न मलाई पटक्कै मन लागेको छैन। विशेष महाधिवेशनलाई मान्यता दिनै सकिएको छैन। अवैधानिक छ, अराजक ढंगले गरिएको छ,’ उनले भने।

निर्णय सुनाउनुअघि निर्वाचन आयोगले सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिसँग सोधपुछ नगरेको भन्दै नेता सिटौलाले निर्वाचन आयुक्तहरूको क्षमतामा समेत प्रश्न उठाएका छन्।

‘सभापति शेरबहादुर देउवाको नेतृत्वमा भएको कार्यसमितिलाई सोध्न पर्दैन ? पत्र पठाउन पर्दैन ? कस्तो निर्णय गर्ने क्षमता तपाईं दुईजना आयुक्तहरूको ?’ उनले भने।