मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २९ शुक्रबार
  • Friday, 14 August, 2026
२o८३ श्रावण २९ शुक्रबार १९:१३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

लहानमा टिभिएसको विद्युतीय स्कुटर ‘अर्बिटर’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण २९ शुक्रबार १९:१३:oo

टिभिएस कम्पनीले सिराहाको लहानमा विद्युतीय स्कुटर ‘अर्बिटर’ सार्वजनिक गरेको छ। कम्पनीको नेपालस्थित साझेदार जगदम्बा मोटर्सका क्षेत्रीय प्रबन्धक अर्जुन खनाल र लहानस्थित राज अटोमोबाइल्सका प्रबन्ध निर्देशक राज गुप्ताले शुक्रबार संयुक्त रूपमा स्कुटर सार्वजनिक गरेका हुन्।

स्कुटरमा जडित मोबाइल एप, भाइजरसहित एलइडी हेडलाइट, इनकमिङ कल डिस्प्ले, एलसिडीलगायतका विशेषता रहेको क्षत्रीय प्रबन्धक खनालले जानकारी दिए। उनका अनुसार एकपटकको चार्जिङमा कम्तीमा १५८ किलोमिटर माइलेज रहेको स्कुटरमा ग्राहकको अपेक्षा र चाहनाअनुरूप दैनिक बहुद्देश्यीय काम, अत्याधुनिक प्रविधि, एरोडाइनामिक डिजाइन, ३.१ किलोवाट क्षमताको ब्याट्री जडान गरिएकाले स्थिरता र कार्यक्षमता सुधारेको छ।

‘मुलुकभर एकैपटक सार्वजनिक गरिएको स्कुटर दुर्घटना, ढलेको, चोरी, समयको पूर्वजानकारीसहित मोबाइल एपमार्फत ब्याट्री चार्जसहित ओडोमिटर जाँच हुन्छ।’ 

त्यस्तै, आफ्नो अनुकूल सेटिङसहित टर्न–बाइ–टर्न दिशा निर्देश, एलसिडी डिजिटल क्लस्टरमा मोबाइल कल, एसएमएस र व्यक्तिगत एलर्ट, लोकेसन ट्रयाकिङ,  आपतकालीन सूचना दिनेलगायतका विशेषता रहेको स्कुटरको सार्वजनिक गरिएपछिको मूल्य दुई लाख ८१ हजार नाै सय रुपैयाँ रहेको राज अटोमोबाइल्सका प्रबन्ध निर्देशक गुप्ताले बताए।