राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्न ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।
साउन १३ गते बसेको केन्द्रीय समितिको बैठकको निर्णयअनुसार साउन २५ गतेदेखि केन्द्रीय कार्यालय ‘घन्टीघर’मा अभियान सुरु हुनेछ।
अभियानका लागि पार्टीका केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्यमध्येबाट दैनिक दुईजनाको नियमित उपस्थिति अनिवार्य गरिएको छ। जसमा कम्तीमा एकजना सांसदको उपस्थिति रहने सहमहामन्त्री हरि ढकालले जानकारी दिए।